कोरोनाले भयावह बन्दै काठमाडौ,संक्रमितको संख्या पुग्यो ८५ हजार ।

Loading

रवीन्द्र ढुङ्गेल , १७ आश्विन २०७७ ।विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण फेरि तिव्र गतिमा बढ्न सुरू भएको छ । शनिवार नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९७८ नमुना परिक्षणमा २१२० जना संक्रमित देखिएका हुन् । 

त्यसैगरी २४ घन्टमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । २४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् । आज थप ८ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ५२८ पुगेको छ ।

यस अवधिमा काठमाडौँ जिल्लामा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना देखिएकोे छ । तीन जिल्लामा गरी उपत्यकामा १ हजार १ सय ७७ जना नया संक्रमित थपिएका हुन् । वितेको २४ घण्टामा २ हजार ४४ जना निको भएका छन् यो सँगै ६२ हजार ७७० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या ८५ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जानकारी दिनुभयो ।

Leave a Comment