![]()
रवीन्द्र ढुङ्गेल , १७ असोज २०७७ । कोरोनाको महामारीका बीच डा. गोविन्द केसी अनशनमा छन् । यसैबीच नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । २० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि सरकारले वेवास्ता गरेको भन्दै थापाले आपत्ति जनाएका छन् ।

उनले उक्त ट्विटमा लेखेका छन्, ‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिक तहबाट जहाँ छौं त्यहीँबाट भनौं सरकार डा. केसीको जीवन रक्षा गर । सहमतिको पालना गर ।’