![]()
People’sNews : प्रख्यात मोबाइल कम्पनी ओप्पोले लाइफाई प्रविधि भएको स्मार्ट फोन ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ । ओप्पोले त्यस्तो फोनको लागि प्याटेन्ट राइटसमेत तयार पारिसकेको छ । त्यसमा लाइट सेटिङ कनेक्टिभिटी सर्पोट गर्नेछ । यो विषयमा पछिल्ला केही वर्षदेखि चर्चा भइरहेको भएपनि कोही कसैले त्यसमा काम गर्न सकेका थिएनन् । ओप्पोले भने प्याटेन्ट राइट सहित लाइफाई चल्ने प्रविधि तयार पारिरहेको छ । जुन एकाध वर्षभित्र सञ्चालनमा आउने तयारी छ । आजभन्दा केही वर्ष पहिले सजिलो रूपमा इन्टरनेटको प्रयोग गर्न पाउनु पनि परको र भाग्यको कुरा हुन्थ्यो । शहरका एकाध स्थान र साइबर क्याफेहरु ईन्टरनेट सुबिधा प्रदान गर्नकै लागि खोलिएका हुन्थे । इन्टरनेटका लागि धेरै मानिस तिनै कष्टकर उपायमा भर पर्नुको विकल्प थिएन । तर पछिल्लो समय विज्ञान तथा प्रविधिले ल्याएको आमूल परिवर्तनका कारण इन्टरनेट सस्तो र भरपर्दो हुन पुगेको छ । स्मार्ट फोन आएपछि आजभोलि हरेकका हात-हातमा नै इन्टरनेट आइपुगेको छ । धेरैजसो स्थानमा सहजैरुपमा वाइफाई समेत पाउन थालिएको छ । इन्टरनेट विस्तारमा पनि धेरै कम्पनीहरुकोबीचमा प्रतिस्पर्धा भइरहेको छ । व्यापार, व्यवसायको परिदृश्यमासमेत धेरै बदलाव आएको छ । हरेकका हातमा रहेका स्मार्ट फोनले सरलरूपमा उच्च गतिको इन्टरनेट चलाउन सक्ने वातावरण बनाइदिएको छ ।