बिरामि भई थला परेकालाई लाहानका समाजसेवी रिता महतोद्धारा आर्थिक सहयोग : रामबाबु सिंह/सिरहा

Loading

PeoplesNews/Lahan :  देशमा हरेक क्षेत्रमा जनता बिभिन्न रोगले मरि रहदा पनि सरकारबाट कुनै सहयोग नहुने कारण धेरैले आफनो ज्यान गुमाउदै आएका छन । तर यस आपत विपतको बेला केही सहयोगी हातहरु अगाडी आइ हरेकलाई हदै सम्मको सहयोग गर्ने क्रम्मा आज लहान वडा नः १० गूदिगाउ बसने एक जना रोगी गरिबि र कोभिन्डका कारण ले हूने बिभिन खालको मानसीक, शारिरीक र आर्थिकको अभावका कारण ८ दिन देखि बिरामि भई थला परेका थिए तत्पश्चात रोगीलाई उनकै गाउँका वासिन्दाले १९ गते समाज को सहयोगमा लहान सरकारी अस्पतालमा भर्ना गराएका थिए ।

निजको दयनिय अवस्ता हेरेर लाहानका समाजसेवी रिता महतोले आर्थिक सहयोग को अहवान गरी सहयोग गर्ने वाचा गर्नु भयो । निज समाजसेवी रिता महतोलाई माँ जान्की सेवा समाज मलेसियाबाट हाम्रो नेपालका यूवाहरूले जम्मगरी नेपाल पठाए पश्चात सोहि पैसा बाट नेपाल का असहाय र अति बिपन्न तथा रोग प्रभाबितहरुलाई बिभिन खालको सहयोग गरिदै आईरहेको कार्य अनुसार निज रिता महतोको संयोजकत्वमा आज पवन पास्वान लाई पनि रू १५ हजार ५० रूपैया सहयोग स्वरुप निजलाई प्रदान गर्नु भयो । समाजसेवी रिता महतो सो संस्था का सम्पूर्ण कार्यसमितीका पदाधिकारीहरूलाई हार्दिक अभिवादन गर्नु भइ धन्यबाद समेत दिएका छन् । एमनेस्टी ईन्टर नेस्नल सँस्थाका कार्य सँचालक रिता महतो तथा रामबाबू सिह रहेका छन् । निजहरुको सहयोग पछि बिरामीलाई ३ दिन पछि होस आउदा सहयोगी सबैको आँखा रसाएका थिए ।

Leave a Comment