![]()
people’s News :
काठमाडौंभित्र विनापास जोर–बिजोर प्रणालीअनुसार निजी सवारीसाधन सञ्चालन गर्न छुट दिएको सरकारले उपत्यका छाड्न र बाहिरबाट भित्रिन चाहनेहरूका लागि पनि नयाँ मापदण्ड बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं आउन चाहनेहरूले आफू बसोवास रहेको सम्बन्धित स्थानीय तहको अनुमति लिएर मात्र उपत्यका भित्रिन पाउनेछन् । स्थानीय तहबाट अनुमति लिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन पुग्छ । अनुमतिप्राप्त निवेदन परेपछि जिल्ला प्रशासन कार्यालयले उक्त विवरण काठमाडौं प्रशासनमा पठाउनुपर्नेछ । काठमाडौं प्रशासनले संक्रमणको जोखिम विश्लेषण र यात्रा औचित्य पुष्टि हुने कागजात अध्ययन गरेर सहमति दिएपछि मात्रै सम्बन्धित जिल्ला प्रशासनले पास उपलब्ध गराउनेछ । त्यस्तै, व्यक्तिगत अत्यावश्यक कार्यका लागि काठमाडौंबाट बाहिर जानुपर्ने भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिसपत्रसहित निवेदन दिनुपर्नेछ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (आइतबार) एक सूचना जारी गरी २८ जेठको मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको ३० जेठको निर्देशनअनुसार नयाँ व्यवस्था गरिएको जनाएको छ । काठमाडौं जिल्लाभित्र भने जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास अहिलेलाई बन्द छ ।
You must be logged in to post a comment.