सरकारको निर्देशन पछि नारायणी अस्पतालको ओपिडी सेवा सुचारु

Loading

pnews-Abbulaish Ansari : नेपालका बिभिन्न अस्पतालहरुमा ओपीडि सेवा बन्द हुँदा सर्बसाधारणहरुलाई धेरै नै मार्का परेको र लकडाउनले गर्दा पनि बिरामीको चाप बढदा देश मै अप्ठयारो सृजना भएको थियो जसको फलस्वरुप सरकारले आइतवारको बैठकद्धारा देश भरकै ओपीडि सेवा सुचारु गर्ने निर्देशन दिए पछि केही दिन देखि बिरगंजको नारायाणी अस्पतालको ओपीडि सेवा खुल्ने कोरोना भाईरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा सुचारु गर्न सरकारले निर्देशन दिएको छ । ओपिडी बन्द हुँदा सर्वसाधारण अत्यावश्यक स्वास्थय सेवाबाट वञ्चित हुनुपरेको भनदै मन्त्रालयले सेवा सुचारु गर्न भनेको हो । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार देशभरका स्वास्थ्य संस्थालाई सम्बोधन गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई सेवा सुचारु गर्न भनेको छ । यता वीरगंजको नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछी सञ्चालन हुनेमा चुनौति देखिएको छ । यसो त सरकारले ओपीडी सेवा सुचारु गर्दा कोरोनाको जोखिमलाई ध्यान दिन भनेपनी वीरगंजमा उपचाररत २१ ज्ना कोरोना संक्रमित नारायणी अस्पतालमै रहेकाले ओपिडी सेवा सुचारु गर्न चुनौति देखिएको छ ।

Leave a Comment