दुइ देशको तरुल बन्ने दुर्भाग्यपुर्णबाटोमा नेपाल : असोक यादव (के. अ. आप-नेपाल)

Loading

pnews- अशोक कुमार यादव -केन्द्रीय अध्यक्ष :(आम आदमी पार्टी नेपाल) अहिले चाइना र भारत दुबैबाट देशलाई नोक्सान भै रहदा पनि नेपालका जिम्मेवार व्यक्ति यस समस्यालाई सानो देख्नु नै देशको दुर्भाग्य हुने देखिन्छ । चाइनाको भनाइ अनुसार सगरमाथा यसको हो, भारतले लिपुलेकमा सडक बनाउदा जमिन उसको हो भन्दै देशमा सबभन्दा ठुलो हानी हुने अवस्था हुँदा पनि नेता र सरकार मौन छन किन देशको माया लाग्दैन त यि शासकहरुलाई के देशलाई भजाएर खानु मात्र जिम्मेवारी हुन त यिनका । एतिका समय सम्म नेपाल कसैको गुलाम नबन्दा पनि अव गुलाम बन्ने समय आएकै हो त ? यि शासकहरुको यस्तै कार्य तालिका रही रहने हो भने आगामी दिनमा देश थियो भन्न मात्र सुन्न पाईन्छ तसर्थ समय मै देशव्यापी समस्याको हल खोज्ने तिर लागि दुबै देश संग बसी समस्याको सामाधान अविलम्ब खोजि हाल्नु पर्ने देखिन्छ । भारत र चिनको आशीर्वादले सतामा अडकिएका कम्यनिष्ट सरकारले सता भोगिरहेका नेताहरूको देशको सिमानाको रक्षा गर्नु पर्ने कुनै दायित्वहरु छैन की ? यता चाइनाले भन्न थाल्यो नेपालको सगरमाथा हाम्रो हो । उता भारतले समय समयमा सिमाना मिचिरहदा समेत कम्यनिष्ट सरकार मौन रहनुनै राष्ट्रलाई कमजोर र अपाहिज बनाउनु सरह हो । बारम्बार सता जोगाउने र सता पाउनकोलागिनै भारत र चाइनाको गुलामी गर्दै आएको छ नेपाल कम्युनिष्ट र काँग्रेस । राजाको पालामा अरू कुनै दायित्वहरु पुरा राजाबाट नभएपनि देशको सिमानालाई मिच्नु र बेच्नु सुन्नु पाईएको थिएन । यस प्रकारको गतिविधि प्रति आम आदमी पार्टी नेपालको घोर आपत्ति छ।

Leave a Comment