उपत्यका कोरोना माहामारीको उच्च जोखिम्मा

Loading

pnews – काठमाडौं  : काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि गरेको हो। यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ । बिहान पुष्टि भएकामध्ये दुई जना सञ्चारकर्मी छन् । पछिल्लो संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमुना परीक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिउँसो प्रेस ब्रिफिङमा पर्साका ३९, रूपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना संक्रमित रहेको बताएका थिए । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेलुका जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्साकै थप १८ जनामा संक्रमण देखिएको छ । यस्तै, महोत्तरी, धनुषा र भक्तपुरका २/२, काठमाडौं र सर्लाहीका १/१ जना संक्रमित छन् । यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण भइरहेको छ । स्वाब संकलन र परीक्षण दायरा विस्तार गरिएको छ । मुलुकका सातै प्रदेशमा रहेका ८ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार ५९ हजार ६ सय २७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ। पीसीआर विधिबाट १८ हजार ९ सय ६४ नमुना परीक्षण गरिएको उनले बताए । पछिल्लो पटक थप २ हजार २ सय ३६ वटा परीक्षण भएका छन् । मुलुकभरका क्वारेन्टाइनमा १२ हजार ७ सय ८५ जना बसिरहेका छन्। आइसोलेसनमा रहेकाको संख्या २ सय २८ छ । annapurna

Leave a Comment