![]()
pnews-Birgunj : abbulaish asnsari : भारतसंग सीमा जोडिएका जिल्लाका सबै मुख्य तथा खुल्ला नाकामा बन्द गरिएको आवागमन थप कडाइ गरिएको र मङगलवार देखि थप सुरक्षाकर्मी परिचालन गरिएको बस्नेतले जानकारी दिए। यस्तै अन्य जिल्लाबाट पर्सा जिल्लामा जेठ ५ गते सम्मका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरिएको बस्नेतले बताए। भारतबाट तरकारी बोकेर आउने सवारीसाधनलाइ वीरगन्ज भन्सार क्षेत्रको रजत जयन्ति चोकमै रोकेर तरकारी पल्टी गर्न दिने र त्यहाबाट ती तरकारी अन्य जिल्लाका लागि मात्र ढुवानी गर्न दिने निर्णय भएको बस्नेतले बताए। पर्सा जिल्लाको हकमा भने तरकारी ढुवानीमा पनि रोक लगाइएको उनले बताए । वीरगन्ज : एकै दिन थप ३९ कोरोनाका संक्रमित भेटिएसँगै पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासान कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङगलबार राति ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम नियन्त्रणमा आउन नसकेपछि मङगलबारदेखि निषेधाज्ञा पनि जारी गरिएको हो । पर्सा जिल्लामा मङगलवार बेलुकी ८ बजे देखि जेठ ५ गते राति १२ बजे सम्मका लागि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । निषेधाज्ञा अवधिभर पर्सा जिल्लामा रहेका औषधि बाहेकका अन्य सबै पसल, उद्योग कलकारखाना बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्नेबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सन्चालनमा पूर्ण रुपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । anp