![]()
pnews – असोक यादव अध्यक्ष आम आदमी पार्टी नेपाल : बिगंज प्रदेश २ मा कोरोना संक्रमण ३ दिन एता उच्च जोखिममा पुगेको छ । सरकारद्धारा लकडाउन सहज बनाए पछि झन संक्रमितको संख्था बढेको थियो ३ दिन एता झण्डै १०० जनात संक्रमितको संख्या बढेको देखिए । नेपाल सरकार अविलम्ब नाका बन्द गर्नु पर्ने देखिन्छ । अन्यथ देशमा कोरानाको संक्रमितले देश व्यापी माहामारीको रुप लिने सम्भावना उच्च देखीन्छ ।प्रदेशका आठै जिल्लामा गरिएको कोरोना परीक्षणमध्ये हालसम्म ७२ जनामा कोभिड—१९ पुष्टी भएको छ । सबैभन्दा बढी पर्सा जिल्लामा ६४ जनालाई यस महामारीले सिकार बनाएको छ । यहाँ मंगलबार मात्रै ४० जनाको कोरोना जाँच पोजिटिभ आएको हो । जसमध्ये २ जना पत्रकार पनि छन् । त्यसैगरी बारामा ३, सर्लाहीमा १, रौतहटमा ३ र सप्तरीमा १ जनामा कोरोना संक्रमण हालसम्म पुष्टी भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा प्राप्त जानकारी अनुसार हालसम्म ३ हजार ९ सय ३६ जनाको स्वाब संकलन भएको छ । जसमध्ये २ हजार ६ सय ५६ को नेगेटिभ परिणाम आएको छ । ७२ जनाको पोजिटिभ परिणाम आएको छ भने १ हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ‘खुल्ला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रकृया सुरु गर्नु जरुरी छ । ‘सबै अस्पतालले आइशोलेशन बेड तम्तयार अवस्थामा राख्नु जरुरी छ । प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा ४ हजार १ सय ९८ बेड क्षमता छ । जसमा हाल १ हजार ४ सय ६८ जना क्वारेन्टाइनमा छन् । ४ हजार ५ सय २२ जना होम क्वारेन्टाइनमा छन् भने आइशोलेशन बेडमा जम्मा ४० जना छन् । प्रदेशभरि आईशोलेशन बेडको क्षमता ३०२ रहेको छ । 