काठमाडौंबाट प्यूठान पुगेका ११ जनामै कोरोना पोजिटिभ

Loading

pnews-ktm : ktm : प्यूठानका ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए । उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन् । उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन ।

Leave a Comment