![]()
abbulaish ansari Birgunj : मध्य तराईको पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालयको बैठकले पर्सामा सेना परिचालन गरी करफ्यु लगाउने निर्णय गरेको छ ।
यस जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण व्यापक बन्दै गएको र यसैक्रममा आज मात्र ३९ जनाको कोभिड-१९ को संक्रपण पुष्टि भएकोले यसको संक्रमण अन्यत्र फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आज मिति २०७७ साल वैशाख महिनाको ३० गते मंगलबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बिष्णु कार्कीज्यूको अधयक्षतामा जिल्ला समितिको बैठक बसी गरेको निम्नअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पर्सामा भेटिएका कोराना भाइरस ९कोभिड-१९० का ३९ संक्रमित मध्ये १४ बागलुङबाट आएको खुलेको छ । नेपालको हरेक क्षेत्रमा कोरोना चेकजाँचको सहज पहुच नभएकोले हरेक क्षेत्र गाउँ सम्म कोरोना पोजिटिभ हुन सक्ने अनुमान गरिएको छ रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।
१३ गते पर्सा पुगेका बसमा ४२ जना थिए । उनीहरुमध्ये ६ जना भारतीय नागरिक थिए भने ५ जना जगन्नाथ र २ जना धोविनी गाउँपालिकाका थिए । तर जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लगेन ।