कोरोना रोगीको संख्या बढाउन सरकार किन अग्रसर : असोक कुमार यादव

Loading

असोक कु. यादव – केन्द्रीय अध्यक्ष (आम आदमी पार्टी नेपाल) : सरकार र प्रदेश सरकारको लापरवाहीले गर्दा नेपालमा कोरोना विरामीको संख्या बढेको बढै छ सरकार किन यस्तो माहामारीमाथि गहन विचार नगरेको किन जनतालाई मर्ने बाटोमा पठाइ रहेको छ । किन जनता भन्दा भ्रष्टाचार प्यारो भयो सरकारलाई केन्द्र देखि स्थानिय तह सबै भ्रष्टाचार मै व्यस्त हुँदा कोरोना परिक्षण साम्रगी पनि उच्च स्तरको नआउदा कारोना परिक्षण प्रभावित भएकै हो जसबाट उच्च ओहोदाका व्यक्ति त मालामाल भए तर जनता त मृत्युको मुखमा जाँदैछन नि किन जनता संग यस्तो व्यवहार गरेको सरकार के भोली जनता न चाहिने नै हुन त ? देश मात्र भए र के हुन्छ जनता नै नरहे केही दिन ७ जना मात्र भएको कोरोना संक्रमित आ कहाँ देखि कहाँ पुग्यो । आज देशमा कोरोना संक्रमित बढनुमा केन्द्र र स्थानिय सरकार नै मुख्य दोशी हुन । बीरगंजमा थप कोरोना वाइरस संक्रमणले चिन्तामय बनायो । बास्तबमा नेपाल कोरोना वाइरस भर्खरै सुरूवात भएको छ अरू देशहरूको तुलनामा धेरै नै न्यूज छ र यसलाई समयमै नेपाल सरकार र प्रदेश सरकारले नियन्त्रण गर्न सकेन भने देश मरूभूमिमा परिवर्तन हुनबेर छैन। लण्डन, अमेरिका ,चाइना , इटली जस्तो देशलाई नियन्त्रण गर्न गाहरो भईरहेको छ भने नेपाललाई साह्रै गाहरो हुन स्वभाविकै हो । त्यसकारण सरकार समयमै सचेत हुनुपर्छ मात्र सताकोलागि राजनीति बन्द गर जनतालाई यो माहामारीबाट कसरी बचाउन सकिन्छ त्यसको बारेमा सोच्ने काम गर । बास्तबमा नेपालमा कोरोना वाइरसको परिक्षण राम्ररी भएको छैन सरकारले हरेक घरबाट एकजनालाई कोरोना वाइरस परिक्षण गर्नु पर्ने हो ।

Leave a Comment