![]()
Abbulaish Ansari Birgunj : देशको विभिन्न क्षेत्रमा कोरोना भाइरसको प्रकोप बढदै गर्दा पनि केन्द्र सरकारबाट कुनै अग्रसरता नदेखाइएको कारण देश भरी कोरोना संक्रमितको संख्या दिनादुन बढदै गइ रहेको अवस्थामा बिरगंजमा भेटिएको एकै परिवारमा १७ जना संक्रमितको कारण उक्त क्षेत्रमा प्रशासनद्धारा कोभिड १९ को संक्रमण फैलनबाट रोक्न छपकैया अन्तर्गत पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक , सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वी.म.न.पा. वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ एरियाहरु समेटिने गरी सिलबन्दी गर्ने जानकारी प्राप्त छ । 
बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले वीरगंज महानगरपालिकाको तीन वटा वडा सिल गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण फैलनबाट राक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरमा एमबिएस स्कुल, पानी टयांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणमा वीरगंज महानगरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा १, २ र ३ का इलाकाहरु समेटिने गरी शिलबन्दी गर्ने निर्णय भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वीरगंजको पावर हाउस चौकदेखि रजतजयन्ती चौकसम्मको मूख्य सडक समेत निषेधित गरिएका बताए । उनको पावर हाउस चौकदेखि रजत चौकसम्मको सडक बिहान ५ बजे देखि साँझ ७ः३० सम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु जस्तै साइकल, मोटरसाइकल, टेम्पो, रिक्सा, टांगा, बस, ट्रक, टिपर, ट्रयाक्टर आदि सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।