देश र जनताको हितकालागि नाकासिल गर्नु नै अन्तिम विकल्प : रन्वीर नारायण श्रेष्ठ

Loading

– रन्वीर नारायण श्रेष्ठ सिराहा : अहिले देशमा भैरहेको गतिविधि र भै सकेको गतिविधि तथा देशका आधिकारीक छापाहरुमा सरकारको निति जुन नाकाहरु सिल गर्ने रहेकोछ त्यसबारे मेरो पनि सहमति छ कारण के हो भने बाव्तवमा बोर्डर अहिलेको स्थिितिमा मात्र हैन कि भोलीको अर्थतन्त्रमा पनि धेरै राम्रो असर गर्छ जसबाट बिचौलिया र उच्च ओहोदाका मानिस भन्दा पनि देश र जनता यस बाट लाभ लिन सक्ने हुन्छ । कोरोनाले गर्दा मालसामान ब्लाकमा नेपाल भित्रिने कार्यले गर्दा न देशलाई फाइदा छ न जनतालाई यस बिचौलिया बाच्ने कार्यले गर्दा देश अर्थतन्त्रको ह्रस पक्कै हुन जान्छ । यसबाट बच्न नाकासिल गर्नै पर्ने हुँदा देश र जनता सही दिसा पाउने हुनेछ । भारतबाट तसकरी गरेर नेपाल जनताले के फाइदा हुने हो र अब मेची महाकाली देखी काडेतार लगाएर तस्करी रोक्ने हो की । अहिले तस्करी रोक्ने तरिका सुरक्षाकर्मीले मात्र नहुने हो किनकी ति तत्वहरुनै हुन जो तस्करीलाई बढावा दिने गरेको छ । तसर्थ काडेतार नै एक मात्र बिकल्प हो देशको अर्थ तन्त्रमा सुधार ल्याउने । अहिले देशमा खुल्ला सिमानाले बिचौलिया, तस्करहरु र राजनितिलाई कमाउने भाँडो बनाइएकाहरु पनि यस खेलमा लागेकोले गरिब जनता र सानोतिनो व्यापारीहरु मारमा परेकोछ । हुन त नाका सिल गर्दैमा वा काडेतार लगाउदैमा यस्ता समस्या हल हुने भन्ने छैन तर पनि केही हद सम्म जनतालाई राहत हुने चाही पक्क हो । बर्षौ देखी जरो गाडेको तस्करी अर्थ व्यवस्थाले काडेतारलाई मान्लान भन्ने छैन तर यस कार्यबाट विस्तारै देशले आफनो कोल्टो फेर्ने छन । यस्ता तस्करी राक्दा देश र जनताले प्रतक्ष लाभ लिने छन्

Leave a Comment