विरगंज : एकै परिवारका १७ सदस्य संक्रमित : Abbulaish Ansari

Loading

pnews-Abbulaish Ansari Birgunj : बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आईतबार कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परिक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ७६ वर्षका बृद्घ समेत छन् । उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको जानकारी पनि दिए । त्यसैगरी देवकोटाले कोरोना संक्रमण भएर ठिक भएका तीन जनामा पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आएको जानकारी दिए । रौतहट, पर्सा र काठमाडौका एक एक जनामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए । कोरोना मुक्त भएर घर फर्केका तीन जना पुनस् अस्पताल भर्ना भएका छन् । बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिए पछि अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनेमा काठमाडौंका ५८ वर्षिय पुरुष, रौतहटका १९ वर्षिय युवा र पर्साका ४४ वर्षिय व्यक्ति छन् । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।

 

Leave a Comment