सत्ताको नशामा रमाइ रहेको नेकपा जनातामा त्रासको सृजना : महिला नेतृ मधु माया यादव

Loading

pnews-Birgunj : मदिराको नशा भन्दा सत्ताको नशामा रमाइ रहेकोछ कम्यनिष्ट सरकार मुलुकको अर्थतन्त्र धराशायी हुँदा पनि पुर्ण राजनितिमा प्रयासमै छन् र नेताहरू भाग भण्डाको खेलमा व्यस्त छन । यो समयमा आफ्नो पद कसरी जोगाउने र अरूको पद कसरी खोस्ने बेला हैन ओली ज्यू प्रचण्ड ज्यू । जागिरेलाई तलब नपाउने स्थिति आईसक्यो कतिको जागिर खोस्यो मजदुरहरुको अवस्था नाजुक मिडिया पत्रकारहरूलाई पनि भोकमारी अवस्था आउने बेला भयो। तर हाम्रो नेता ज्यूलाई भागबण्डाको चिन्ता छ यो बेला सता जोगाउने र पार्टी फुटाउनेबेला हैन जनतालाई राहत बाटने बेला हो। इण्डियामा अरबों खर्चको राहत बितरण भयो तर हाम्रो देशमा राहतको समयमा कतिको भ्रष्टाचारी गर्न सकिन्छ त्यो मात्र चिन्ता छ हाम्रो नेता ज्यूहरुलाई । अब जनताहरूलाई मात्र हैन भ्रष्टाचारी नेताहरूलाई पनि लकडाउनक गर्न जरूरी छ अनि देशबाट कोरोना वाइरस भगाउन सकिन्छ । अहिले कोरोनाको कारणले जनतामा गाँस बाँस र कपासको भन्दा पनि गाँसको मात्र आवस्यक्ता रहदा पनि सरकारले जनात प्रति गरेको व्यवहारले जनआक्रोस बढेको बढै छ । अहिले जनता लकडाउनको पाल्ना सरकारको व्यवहारले नै हो राम्रो संग पालना गर्न नसकेको किन भन्दा लकडाउनको पाल्ना गरौं भने भोकमरीमा पुरा परिवार जल्ने यस पाटो तिर सरकारले ध्यान दिएको भए आज नेपालमा १०० संक्रमित पुग्दैनथे अहिले संसारको कुनै पनि देश कोरोना भन्दा अन्य विषयबस्तु तिर कुनै राजनिति कार्य गरेको छैन तर नेपाल कोरोनाको लकडाउन लगाएर आफनो जिम्मेवारीबाट भागे जस्को परिणम आज देशमा १०० जना रोगीको संख्या पुगे । सरकारको कार्य प्रणली यस्तै रहे आगामी दिनमा नेपाल इटली र फ्रान्स नबन्ला भन्न सकिन्न ।

Leave a Comment