ड्रागन फ्रुट स्वास्थ्यकालागि अति उपुक्त

Loading

peoples online news/ktm
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनामलगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ । विदेशी ड्रागन फ्रुट रु ७०० देखि १९ सयसम्म किनबेच हुने गर्छ । नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ । आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उनको भनाइ थियो । तराईमा यो खेतीका लागि हावापानी उपयुक्त हुन्छ भएकाले दाङमै आएर खेती गरेको उनले बताए । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडेर र दुई मिटरको दूरीमा बिरुवा रोपन सकिन्छ । त्यही डिप बोरिङ बनाएर हप्तामा दुई÷तीन पटक सिँचाइ गर्ने गरिनछ । यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ । ड्रागनका तीन प्रकारका बिरुवा भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाउन सकिन्छ

रातमा मात्रै फल्ने ‘रातकी रानी’ : यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उहाँको भनाइ छ । फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो । दाङमा ड्रागन नौलो फल मानिएको छ । अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औषधि गुुणले भरिपूर्ण रहेको छ । यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बनाउन सकिन्छ । लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनको भनाइ थियो ।