फेवातालमा बंगलादेशी राष्ट्रपतिको डुंगा सलल

Loading

peoples News पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पर्यटकीय सहर पोखरा आएका छन् । नेपाल आर्मीको हेलीकोप्टरबाट बिहीबार मध्यान्ह पोखरा आएका हुन्।

पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिद पोखराको फेवातालमा मोटरबोटबाट जलविहार गरेका छन् । पोखराबाट देखिने हिमाश्रृंखलाको दृश्यावलोकन गर्दै उनी रुपाकोट पुगेर बेगनास ताल र रुपातालको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

पोखरा विमास्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिकर शेरचन, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख, उपसभामुख, मन्त्रीहरु, सांसदलगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति हमिद पोखरा विमानस्थलबाट सोझै फेवातालमा पुगेर जलविहारमा निस्केका थिए । ताल किनारमा रहेको फिस्टेल लजमा खाना खाएर रुपाकोट जाने कार्यक्रम छ । राष्ट्रपतिलाई नेपाली कला र संस्कृतिअनुसर रुपाकोटमा पनि स्वागत गरिनेछ। annapurna post

Leave a Comment