![]()
Peoples News काठमाडौं : यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई घुससहित पक्राउ गरेको हो।
भट्टराईसहित रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी पनि पक्राउ परेका छन्। मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सजिलो सजिलो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
कार्यालय परिसरबाट घुस रकमसहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए। annapurna post