ज्यान जोगाउन हजारौँ मानिसहरू आफ्ना घरगाउँ छोडेर भागे

Loading

People’s News : ज्यान जोगाउन हजारौँ मानिसहरू आफ्ना घरगाउँ छोडेर भागेका छन् । म्यान्मारको पश्चिमी चिन प्रान्तमा सेनाले विद्यालयहरूलाई निसाना बनाएर हवाई हमला गरे । सेनाले शृङ्खलाबद्ध हवाई आक्रमण गर्न थालेपछि केही सातायता ज्यान जोगाउन हजारौँ मानिसहरू आफ्ना घरगाउँ छोडेर भागेका छन् । म्यान्मारको सेनाले विद्रोहीहरूको नियन्त्रण भएका क्षेत्रहरूमा स्थल कारबाही पनि थालेको छ । म्यान्मारको सैन्य सरकारले २८ डिसेम्बरमा निर्वाचन हुने जनाएको छ । त्यसअघि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा फर्काउने सेनाको उद्देश्य भएको बताइएको छ । तर धेरैले यो चुनावलाई सत्तामा टिकिरहने सेनाको दाउ भएको आरोप लगाएका छन् । म्यान्मारको सैन्य सरकारलाई उसमाथि लागेका आरोपहरूबारे सोधेको छ । तर प्रतिक्रिया आइसकेको छैन। copy

Leave a Comment