नेतृत्व भ्रष्टाचारमा लिप्त भए देशमा व्यापारी माफियाको रजाय हुन्छ

Loading

भनिन्छ देशका नेतृत्व भ्रष्टाचारमा लिप्त भए देशमा व्यापारी माफियाको रजाय हुन्छ : इस्लामाबाद (एजेन्सी) : पाकिस्तानको संकटग्रस्त राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) अन्ततः निजीकरणतर्फ अघि बढेको छ । बिहीबार पाकिस्तान सेनाको स्वामित्वमा रहेको फौजी फर्टिलाइजर कम्पनी (एफएफसी) ले निजी अरिफ हबिब कन्सोर्टियम (एएचसी)सँग साझेदारीमा सहभागी हुने घोषणा गरेको छ । एएचसीले मंगलबार पीआईएको ७५ प्रतिशत सेयरका लागि ४८ करोड अमेरिकी डलर (करिब १३ हजार ५ सय करोड पाकिस्तानी रुपैयाँ) को उच्चतम बोली जितेको थियो । 

यो प्रक्रिया पाकिस्तानकै सबैभन्दा ठूलो निजीकरण अभ्यास मानिए पनि यससँगै केही जटिल पक्षहरू पनि जोडिएको जनाइएको छ । पाकिस्तान सेनाको स्वामित्वमा रहेको कम्पनी कन्सोर्टियममा सहभागी हुनु, यसको लगानीको आकार जे भए पनि, पीआईएको निजीकरण परम्परागत ढाँचाभन्दा फरक रहेको संकेत भएको विश्लेषकहरूले बताएका छन् ।

डन पत्रिकाका टिप्पणीकार खुर्रम हुसेनले यसलाई ‘राज्यको निरन्तर स्वामित्व रहँदा गरिएको असामान्य निजीकरण’ को संज्ञा दिएका छन् । उनका अनुसार पीआईएको स्वामित्व लिन तयारी गरिरहेको नयाँ कन्सोर्टियमले आगामी दिनमा राज्य र निजी व्यवसायबीचको सहकार्यको नयाँ अध्याय सुरु गर्न सक्ने सम्भावना रहेको छ । पीआईएको निजीकरण प्रक्रिया भारत सरकारले एअर इन्डियालाई पूर्ण रूपमा टाटा समूहलाई १८ हजार करोड भारतीय रुपैयाँमा हस्तान्तरण गरेको मोडेलभन्दा फरक रहेको विश्लेषकले बताएका छन् । 

सन् २०२१ मा सम्पन्न एअर इन्डिया सम्झौतासँग तुलना गर्दा पीआईएको अवस्था र चुनौतीहरू निकै भिन्न छन् । नयाँ कन्सोर्टियमका लागि सबैभन्दा ठूलो चुनौती भनेको ठूलो ऋणको बोझ, अत्यधिक कर्मचारी संख्याबाट थिचिएको एयरलाइन्सलाई पुनर्जीवन दिनु हो । पाकिस्तानमा पाकिस्तान स्टिल मिल्सलाई निजीकरण गर्ने प्रयास सर्वोच्च अदालतले खारेज गरे यता यो पहिलो ठूलो निजीकरण अभ्यास हो । यसलाई आगामी दिनमा स्टिल मिल्स र विद्युत् वितरण कम्पनीहरू जस्ता अन्य सरकारी निकायहरूका लागि ‘लिटमस टेस्ट’ का रूपमा पनि हेरिएको छ ।  

यसरी संकटमा पर्‍यो पीआईए : ऋणले थलिएको पीआईए सन् २०२० मा कराँचीमा भएको विमान दुर्घटनापछि झनै संकटमा फस्यो । उक्त दुर्घटनामा ९७ जनाको ज्यान गएको थियो । दुर्घटनापछि गरिएको सरकारी छानबिनले पीआईएका ८ सय ६० पाइलटमध्ये २ सय ६२ जनासँग ‘नक्कली लाइसेन्स’ रहेको खुलासा गरेको थियो । उक्त खुलासा तत्कालीन उड्डयनमन्त्री गुलाम सरवर खानले सार्वजनिक गरेका थिए तर, पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले ती अभिव्यक्तिलाई ‘आधारहीन’ भनेका थिए । सन् २०२० को कराँची दुर्घटनापछि बेलायत र युरोपेली संघका उड्डयन सुरक्षा नियामकहरूले पीआईएका उडानहरूमा प्रतिबन्ध लगाएपछि एयरलाइन्सको अवस्था झनै कमजोर बन्यो । यद्यपि युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी र बेलायतको एयर सेफ्टी कमिटीले यो वर्ष उक्त प्रतिबन्ध फुकुवा गरेका छन् । 

<

p style=”text-align: justify;”>

Leave a Comment