नरसंहारसम्बन्धी प्रतिवेदन- गतिविधिमाथि प्रस्ट अभियोग

People’s News : नरसंहार शब्द र यसलाई अपराधको रूपमा परिभाषित गर्ने सकिन्छ । विस्तृत र निकै आलोचनात्मक रूपमा तयार पारिएको यो प्रतिवेदनले नरसंहार गरिरहेको प्रमाण प्रस्तुत गर्छ । यसले सन् १९४८ मा भर्खरै स्थापना भएको संयुक्त राष्ट्रसङ्घले पारित गरेको नरसंहार महासन्धि उल्लङ्घन गरेको जनाएको छ । नरसंहार शब्द र यसलाई अपराधको रूपमा परिभाषित गर्ने उक्त महासन्धि नाजी जर्मनीले गरेका ६० लाख यहुदीहरूको नरसंहारबाट प्रत्यक्ष रूपमा प्रेरित भएको बताइन्छ ।

इजरेलले गाजामा आफ्ना भूमिकाका क्रममा युद्धका कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन बनाउने सन्धि र महासन्धिहरू तोडेको भन्ने सबै आरोपहरूलाई अस्वीकार गर्छ । उसले त्यसलाई आत्मरक्षाको रूपमा रहेको जायज कार्य मान्छ । त्यो आफ्ना नागरिकहरूको सुरक्षामा र सन् २०२३ को अक्टोबर ७ मा हमास र इस्लामिक जिहादीद्वारा लिइएका बन्धकहरूलाई रिहा गर्ने बाध्यात्मक कदम रहेको उसले अर्थ्याउँछ । बन्धकहरूमध्ये करिब २० जना अझै जीवित रहेको विश्वास गरिन्छ । इजरेलीहरूले उक्त प्रतिवेदनलाई हमासबाट प्रेरित यहुदीविरोधी झुट भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

इजरेलको अन्तर्राष्ट्रिय निन्दालाई बल : यो संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्‍द्वारा गठित अनुसन्धान आयोगले तयार पारेको हो । इजरेल र अमेरिकाले उक्त परिषद्लाई बहिष्कार गर्छन् । ती दुवै देशहरूले उक्त सङ्गठन आफूहरूविरुद्ध पक्षपाती रहेको बताउँछन् । तर यस प्रतिवेदनका निष्कर्षहरूले इजरेलको आचरणलाई लिएर बढिरहेका अन्तर्राष्ट्रिय निन्दामा बल पुर्‍याउनेछ । त्यस्तो निन्दा इजरेलका परम्परागत पश्चिमी सहयोगीहरूका साथै अब्राहम सम्झौता अन्तर्गत इजरेलसँगको सम्बन्ध सामान्य बनाउने खाडी अरब अधिराज्यहरूबाट समेत आइरहेको छ ।

अर्को साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घीय महासभामा यूके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा र अन्य देशहरूले स्वतन्त्र प्यालेस्टिनी राज्यको सार्वभौमिकतालाई मान्यता दिँदै राष्ट्र सङ्घका बहुमत सदस्यहरूको कित्तामा मिसिने कार्यक्रम छ । त्यसले एक शताब्दीअघि युरोपबाट जायोनिस्ट यहूदीहरू प्यालेस्टाइनमा बसोबास गर्न आउँदा सुरु भएको द्वन्द्वको भविष्यका बारेमा बहसलाई फेर्ने छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले त्यसलाई यहुदी विरोधीको रूपमा निन्दा र हमास आतङ्कवादलाई पुरस्कृत गरिएको भन्दै निन्दा गरेका छन् । उनले जोर्डन नदी र भूमध्यसागरबीचको भूमिको कुनै पनि भागमा प्यालेस्टिनीहरूले कहिल्यै स्वतन्त्रता नपाउने बताउँछन् । त्यस्तो प्यालेस्टिनी राज्यले इजरेलीहरूलाई जोखिममा पार्ने उनको तर्क छ । इजरेली धार्मिक राष्ट्रवादीहरू उक्त भूमि यहुदी जनतालाई मात्र परमेश्वरले प्रदान गरेको भन्नेमा विश्वास गर्छन् । सन् १९४८ को महासन्धिमा नरसंहारलाई राष्ट्रिय, जातीय, वर्ण वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यको रूपमा परिभाषित गरिएको छ । इजरेल गाजा द्वन्द्व सन्दर्भमा गाजामा प्यालेस्टिनीप्रतिको व्यवहार। यस प्रतिवेदनले गाजा र इजरेलभित्रका जेलहरूमा प्यालेस्टिनीहरूविरुद्ध गरिएका क्रियाकलापको विस्तृत विवरण छ ।

ती आरोपहरूको लामो सूचीमा इजरेलले सुरक्षा गर्नुपर्ने कानुनी दायित्व बोकेको नागरिकहरूलाई लक्षित गरिरहेको उल्लेख छ । र त्यसमा अमानवीय अवस्थाहरू लागू गर्दै प्यालेस्टिनीहरूको मृत्यु गराउने, जसमा खाना, पानी र औषधिबाट वञ्चित गराउने कुराू समावेश छ । खाद्य आपत्कालीन अवस्थाको मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय निकाय आईपीसीले त्यसलाई नाकाबन्दी भन्दै त्यसले अनिकाल र व्यापक भोकमरी निम्त्याएको जनाएको छ । इजरेली सेना आईडीएफले त्यहाँका सबै नागरिकहरूलाई दक्षिणतिर सर्ने आदेश दिएपछि गाजा सीटीमा भइरहेको जबरजस्ती विस्थापनसँग सम्बन्धित विवरणसमेत यस राष्ट्रसङ्घीय नयाँ प्रतिवेदनमा उल्लेख छ। यसक्रममा करिब दस लाख मानिसहरू प्रभावित भएको मानिन्छ । 

इजरेलको हमला तीव्र गतिमा बढिरहेको छ । आईडीएफले हवाई हमलामार्फत् गाजा सीटीका प्रतीकका रूपमा रहेका अग्ला टावरसहित धेरै भवनहरूको विनाश गर्नेक्रममा तिनलाई हमासका आतङ्कवादी टावरू भन्ने गर्छ । उक्त प्रतिवेदनमा इजरेलले जन्म रोक्नको लागि लक्षित उपायहरूू लागू गरेको समेत उल्लेख गरिएको छ । जसको सन्दर्भ जोड्ने क्रममा गाजाको सबैभन्दा ठूलो प्रजनन क्लिनिकमा भएको आक्रमणलाई जनाइएको छ । विवरणहरूका अनुसार त्यसले करिब ४,००० भ्रूण र १,००० शुक्रकीटका नमूनाहरू र अनफर्टिलाइज्डु अण्डाहरू नष्ट गरेको छ । संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनले सैन्य कारबाहीको नतिजाका साथै नरसंहारलाई उक्साएकामा तीन इजरेली अधिकारीहरूलाई उल्लेख गरेको छ । त्यसमा एकजना तत्कालीन रक्षामन्त्री योआभ गालान्ट हुन् जसले सन् २०२३ को अक्टोबर ९ मा इजरेल मानव जनावरहरूू सँग लडिरहेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री नेतन्याहू जस्तै गालान्टले पहिले नै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट युद्ध अपराधका लागि पक्राउ पुर्जी सामना गरिरहेका छन्।

नेतन्याहूलाई समेत गाजा युद्धलाई एमलेक भनेर चिनिने शत्रु विरुद्धको यहुदी लडाईको कथासँग तुलना गरेर उक्साएको आरोप लगाइएको छ । बाइबलमा परमेश्वरले यहुदी मानिसहरूलाई सबै एमलेक पुरुष, महिला र बालबालिका साथै उनीहरूको सम्पत्ति र तिनीहरूका जनावरहरूलाई विनाश गर्न भन्छन् । तेस्रो अधिकारीका रूपमा विशेष रूपमा उल्लेख गरिएका राष्ट्रपति आइज्याक हेर्जोग हुन् जसले युद्धको पहिलो साता हमासविरुद्ध नउठेकोमा गाजाका प्यालेस्टिनीहरूको निन्दा गरेका थिए । उनले सन् २०२३ को अक्टोबर १३ मा यसमा त्यहाँको रहेको सम्पूर्ण राष्ट्र जिम्मेवार छू भनेका थिए । कानुनी रूपमा नरसंहारको अपराध प्रमाणित गर्न कठिन छ । नरसंहारसम्बन्धी महासन्धि बनाउने मानिसहरू र हालैका घटनाहरूमा आईसीजेद्वारा गरिएका व्याख्याहरूले सजगतापूर्वक उच्च कानुनी दायरा खडा गरेका छन् । दक्षिण अफ्रिकाले द हेगस्थित इन्टरन्याश्नल कोर्ट अफ जस्टिस (आईसिजे) मा इजरेलले प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको मुद्दा विचाराधीन छ । सो मुद्दाको फैसला हुन कैयौँ वर्ष लाग्नेछ ।

<

p style=”text-align: justify;”>तर गाजामा युद्ध जारी रहेको र पछिल्ला इजरेली आक्रमणसँगै त्यो अझ बढ्दै गएको हुनाले संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले यस युद्धको बारेमा अन्तर्राष्ट्रिय विभाजनलाई अझ गहिरो बनाउनेछ । एकातिर गाजामा हत्या र विनाशको तत्काल अन्त्यको माग गर्ने र इजरेलको घेराबन्दीबाट भएको अनिकालको निन्दा गर्ने देशहरू छन् । त्यसमा ब्रिटेन र फ्रान्ससमेत छन् । अर्कोतिर इजरेल र अमेरिका छन् । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले महत्त्वपूर्ण सैन्य सहायता र कूटनीतिक कवच प्रदान गर्ने काम जारी राखेको छ जसबिना इजरेलीहरूले गाजा युद्ध र मध्यपूर्वमा अन्यत्र उसको बमबारी जारी राख्न सङ्घर्ष गर्नेछन् । 

Leave a Comment