![]()
विगत १६ वर्षमा बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आफ्नो मुलुकलाई गरिबीबाट बाहिर निकाल्ने यात्राको नेतृत्व गरेकी छिन् । देशले गरेको ठूलो प्रगतिको कारण उनी नै रहेको कतिपयको भनाइ छ । अरू कतिपय चाहिँ आफूहरू उनको बढ्दो निरङ्कुश शासनको विरुद्धमा रहेको बताउँछन् । तर उनको सत्ता विगतमा कहिल्यै पनि अहिलेको जस्तो धरमराएको थिएन । विश्वविद्यालय र कलेजका विद्यार्थीहरूले गरिरहेको आन्दोलनले देशभरि नै अशान्ति,रक्तपात र अराजकता निम्त्याएको छ । शान्त तर दृढ नेताका रूपमा परिचित उनी देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् र उनले आफ्नो जीवनमा धेरै सङ्कट र हत्याका प्रयासहरू पनि देखेकी छन् ।
उनको सरकार ५७ जना सैन्य अधिकारी मारिएको देशको अर्धसैनिक सीमा सुरक्षा बलको विद्रोह, अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेको तीन वटा विवादास्पद आमनिर्वाचन, मानवअधिकार उल्लङ्घनको आरोप र विपक्षी गुटहरूको सडक आन्दोलन हुँदा पनि जोगिएको छ । यद्यपि अहिले उनले आफ्नो राजनीतिक करिअरकै सबैभन्दा गम्भीर चुनौतीको सामना गरिरहेकी छिन्। विद्यार्थी आन्दोलन देशव्यापी बन्दै गएको छ र विपक्षी दलहरू विद्यार्थीको मुद्दामा साथै उभिएका छन् । आइतबार बाङ्ग्लादेशको शीर्ष अदालतले सरकारी जागिरमा रहेका प्राय: आरक्षणलाई खारेज गरेको छ । देशभर हिंसात्मक द्वन्द्व सुरु गराएको आन्दोलन पनि यही आरक्षण प्रणालीविरुद्धको हो । सरकारको सुरक्षा बलको कडा प्रतिक्रियाका कारण सय जनाभन्दा धेरैको मृत्यु भएको छ, जसमा अधिकांश विद्यार्थीहरू छन् ।
प्रेसर कुकर’ जस्तो अवस्था
तस्बिर स्रोत,REUTERS
बाङ्ग्लादेशमा आन्दोलनको आरम्भ विश्वविद्यालय र कलेजका विद्यार्थीहरूबाट भयो । सन् १९७१ को स्वतन्त्रता युद्धमा लड्ने व्यक्तिका आफन्त र परिवारका सदस्यका लागि ३० प्रतिशत सरकारी जागिरमा आरक्षणको व्यवस्था खारेज गर्ने मागसहित उनीहरूले आन्दोलन सुरु गरे । उच्च अदालतले गत महिना विवादास्पद कोटा प्रणालीलाई पुनर्स्थापित गरेपछि आन्दोलन सुरु भएको थियो । आन्दोलनकारीमाथि सत्तामा रहेको दलका सदस्यहरूले आक्रमण गरेसँगै यसले हिंसात्मक रूप लियो । आइतवार बाङ्ग्लादेशको सर्वोच्च अदालतले कोटा प्रणालीलाई पुनर्स्थापित गरेर विद्यार्थी आन्दोलन सुरु गराउने उच्च अदालतको विवादास्पद निर्णयलाई खारेज गर्यो । सर्वोच्च अदालतमा सरकारको प्रतिनिधित्व गर्दै महान्यायाधिवक्ताले हसिना सरकारले यो मुद्दा बन्द गर्न चाहेको सङ्केत गर्दै त्यसैको माग गरेका थिए ।
के सरकार जोगिएला ?
तस्बिर स्रोत,REUTERS
जारी आन्दोलनलाई शान्त बनाउन अदालतको निर्णय पर्याप्त छ वा छैन भन्ने अहिले स्पष्ट छैन । अहिले विद्यार्थीहरू आन्दोलनमा मारिएका आफ्ना दर्जनौँ साथीहरूका लागि न्याय चाहन्छन्, जसको अर्थ कैयौँ प्रहरी अधिकारी र सत्तामा रहेको दलका सदस्यहरूले मुद्दाको सामना गर्नुपर्छ । बाङ्ग्लादेशका लागि भारतका पूर्वराजदूत तथा सेवानिवृत्त कूटनीतिज्ञ रिभा गाङ्गुली दास बाङ्ग्लादेशको अवस्था छोटोमा भन्नुपर्दा “अन्योलपूर्ण र अचम्मलाग्दो” रहेको बताउँछिन् । उनले भनिन्, “मलाई शेख हसिनाको सत्ता हल्लिएको छ जस्तो लाग्दैन । केही दिनअघि मात्रै उनी आफैँले हामीले अदालतको फैसला कुर्नुपर्ने भनेकी थिइन् । अब सर्वोच्च अदालतले कोटा प्रणालीलाई अनिवार्य रूपमा पुन:परिमार्जन गर्न भन्दै आफ्नो फैसला दिइसकेको छ । विद्यार्थीहरूले आन्दोलनलाई जारी राख्नुपर्ने कुनै कारण छैन । मलाई आशा छ उनीहरू आफ्नो कक्षामा फर्किने छन् र सम्भवतः केही दिनमा नै सामान्य अवस्था हुने छ ।
भारत के चाहन्छ ?
तस्बिर स्रोत,REUTERS
आन्दोलन कसरी उग्र बन्यो ?
तस्बिर स्रोत,REUTERS
प्रतिक्रियामा प्रहरी र विशेष सुरक्षा बल ‘आरएबी’ले बल प्रयोग गरेको थियो। सत्तारूढ दलको विद्यार्थी सङ्गठनले पनि झडपमा भाग लिएपछि स्थिति थप बिग्रियो । त्यसपछिको ७२ घण्टासम्म देशमा हिंसात्मक झडपहरू भए, राष्ट्रिय टेलिभिजनको भवन जलाइयो, केही कैदीहरू भाग्ने गरी जेल तोडियो र सयौँको मृत्यु भयो । प्रधानमन्त्री शेख हसिनाका लागि यो ठूलो परीक्षा हो । बङ्गलादेशका सार्वजनिक र निजी शैक्षिक संस्थानका साधारण विद्यार्थीहरूले देशकी सबैभन्दा शक्तिशाली महिलालाई हल्लाउन सफल भएका छन् । बाङ्ग्लादेशको इतिहासमा पहिले कहिल्यै यस्तो भएको थिएन ।