![]()
People’s News : काठमाडौं : भिजिट भिसामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाउने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ वर्षीय अनिश अमात्य, गोपाल रिजाल, पशुपती मैनाली र सागर चापागाईँ रहेका छन् । उनीहरूसँग रहेका विभिन्न व्यक्तिका नक्कली शैक्षिक प्रमाण पत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप बरामद गरिएको प्रहरी जानकारी दिएको छ । आवश्यक अनुसन्धान तथा कारबाहीबा लागि उनीहरूलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ । .
