![]()
कार्तिक २१, पिपुल्स न्युज,
क्रिकेट खेलको इतिहासमै पहिलो पटक खेलाडी खेल्दै नखेली आउट भएका छन्। सोमबार विश्व कम अन्तर्गतको श्रीलङ्का र बङ्गलादेश बिचको खेलमा श्रीलङ्काका खेलाडी एञ्जेलो म्याथुज एकबल पनि खेल्दै नखेली आउट भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।२४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए ।
तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अल्मलिए यहि क्रममा हेलमेटको फिता चुँडिएको थियो। त्यो हेलमेट काम नलाग्ने भएपछि उनले दोस्रो हेलमेट ल्याउन आग्रह गरेका थिए।
त्यतिबेला सम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउदै आउटभएको घोषणा गरे। अम्पायरले आउट घोषणा गरेपछि निन्याउरो अनुहार लगाउदै उनि पेभिलियन फर्किए।यो घटनाले उनको नाममा क्रिकेट को इतिहासमा एउटा नयाँ रेकर्ड कायम गर्यो।