नेपालमा भित्रियो पहिलो हाइड्रोजन कार अब प्रधानमन्त्रीले चड्ने।

Loading

पिपुल्स न्युज, कार्तिक २१,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हाइड्रोजन कार चड्ने इच्क्षा साकार हुने भएको छ । नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्र्याइएसँगै प्रधानमन्त्रीले यही कार्यकालमा हाइड्रोजन कार चड्छु भनेर दिएको बचन पुरा हुने भएको हो । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री बने लगत्तै हाइड्रोजन कार चड्ने बताएका थिए । उनले हाइड्रोजन कार चड्ने बताइरहँदा कतिपयले प्रधानमन्त्रीले असम्भव कुरा गरेको भन्दै टिकाटिप्पणी गरेका थिए । हाइड्रोजन कार नेपाल भित्रिएसँगै प्रधानमन्त्रीको सो भनाईले सार्थकता पाएको छ भने सो कुरालाई असम्भव देख्नेहरूका टिकाटिप्पणी हलुका भैदिएको छ ।

शनिबार काठमाडौं विश्वविद्यालय (केयू) ले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल ल्याएको हो । हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवं अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याइएको जनाएको छ । हाइड्रोजन ऊर्जा क्षेत्रमा अध्ययनका निम्ति सहायता प्रदान गर्नेबारे करिब तीन वर्षअघि  नेपाल आयल निगम र केयूबीच एक सम्झौता भएको थियो । हाइड्रोजन ऊर्जाको उत्पादन, निर्यात र हाइड्रोजन गाडीको सम्भावनालगायत अध्ययन-अनुसन्धान गर्न निगमले केयूलाई पाँच करोड रुपैयाँ सहायता गर्ने सम्झौता थियो “काठमाडौं विश्वविद्यालयले पाइलट प्रोजेक्टका रूपमा अध्ययन गर्न हाइड्रोजन गाडी भित्र्याएको हो । हाइड्रोजन ऊर्जामा अध्ययन एवं अनुसन्धान गर्न करिब तीन वर्षअघि निगमले सहायता प्रदान गर्ने सम्झौता भएको थियो।

यो गाडीलाई सबै नागरिकले चलाएर अनुभव लिन सक्ने केयूका प्राध्यापक डा. थापाले बताए ।१६१ हर्सपावर क्षमताको गाडीमा एकपटक हाइड्रोजन फुल गर्दा ३८० माइल रेन्ज दिने जनाइएको छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्यांक र १२० किलोवाट क्षमताको मोटर रहेको हुन्डाईको वेबसाइटमा उल्लेख छ यस्तै, हाई र लो भोल्टेजका बेला प्रयोगमा आउन १.५६ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री छ । हाइड्रोजन ग्यास र वायुमण्डलबाट गाडीभित्र जाने अक्सिजनबीच ‘फ्युल सेल स्ट्याक’मा प्रतिक्रिया भएर विद्युत् उत्पादन हुन्छ । उक्त विद्युत्बाट मोटर घुम्छ र हाइड्रोजन गाडी चल्छ पेट्रोलियम गाडीले वातावरण प्रदूषण गर्ने ग्रीन हाउस ग्यास उत्सर्जन गर्छन् । हाइड्रोजन गाडीले पानी मात्र उत्सर्जन गर्छ त्यसैले जलवायु परिवर्तन र विश्वको तापक्रम वृद्धिलाई रोक्न विद्युतीयजस्तै हाइड्रोजन गाडी अर्को विकल्प मानिन्छ हुन्डाईको वेबसाइटमा नेक्सो फ्युल सेलको प्रतिमूल्य ६० हजार १३० अमेरिकी डलर अर्थात् ७९ लाख रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । तर, हाइड्रोजनको उत्पादन, ढुवानी र भन्डारण जटिल हुने कारण यस्ता गाडीको उत्पादन र बजार विस्तार सुस्त छ ।

Leave a Comment