![]()
पिपुल्स न्युज : काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत थिए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए । फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो लाइभ बैठकमा मेयर बालेन शाहसँग उनको चर्काचर्की परे पश्चात उनी चर्चित समेत भएका थिए । साथै आफ्नो वडाको फोहोर खोलामा फालिएको भन्दै उनको विरोध समेत भएको थियो ।
उनी टिकटक देखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए ।