सहकारी बिभागको सकारात्मक कदम

Loading

पिपुल्स न्युज काठमाडौँ : नेपाल सरकारले सहकारी संस्थाका संचालक हरुलाई समान जिम्बेवार बनाउने भएको छ।सहकारी बिभागले एक निर्देशन जारी गर्दै सहकारी संस्थाहरुको संचालनमा संचालक समितिलाई जिम्बेवार बन्न आह्वान गरेको छ ।

बिभागको मिति २०८०/०५/२६ गते जारी गरिएको निर्देशन अनुसार सहकारी संस्था संचालनमा सम्पूर्ण संचालक समितिको समान भूमिका रहने कुरा प्रस्ट पारेको छ। संस्था सम्पन्न र नाफामा हुँदा सबैले मैले संस्थालाई यति गरे, उति गरे भनेर फुक्दै हिड्ने तर संस्थामा अलिकति पनि समस्या आयो अप्ठ्यारो पर्यो र घटामा जाने भयो भने मलाई केहि थाहा छैन अध्यक्ष र व्यवस्थापक ले के गरे मलाईत केहि जानकारी छैन भनेर दायित्व बाट पन्छिने दोहोरो चरित्र देखाउन कुनै सनचालक्ले पाउने छैन।

Leave a Comment