सहकारी समस्यामा पर्दा अध्यक्ष्लाई दोषी देखाई लुकेका कोषाध्यक्ष प्रहरी फंदामा

Loading

पिपुल्स न्युज काठमाडौँ —

सहकारी राम्रो भए मैले गर्दा भयो मेरो मिहिनेत हो भन्ने सदस्यहरुले आफ्नो चरित्र त्यहाँ देखाउछ जहाँ सहकारी समस्यामा जाने बितिकै हामीलाई केहि थाहा छैन सबै अध्यक्षले गर्दा भाको जस्ता मुर्खता कुरा गरेर आफु पन्छिन खोज्ने अवस्था अब रहेन जानी जानी होस् व नजानी होस् सहकारी को समिति सदस्य बने पछि सम्पूर्ण जिम्मेबारी बहन नगरे सम्म पन्छिने सोच बनाउदा परिन्छ प्रहरी खोरमा :

यसै क्रममा : प्रहरीले पोखराको बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई सोमबार ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । रम्तेल गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्षसमेत हुन् ।

प्रवक्ता कडायतका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

Leave a Comment