![]()
Peoples news : दाङका सिडिओ सुशील वैद्य फरार प्रतिवाद
सिआइबीले दाङका सिडिओ सुशील वैद्यलाई पनि प्रतिवादी बनाउन आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा सिआइबीले उनको बयान भने लिएको छैन । बहालमै रहेका सिडिओलाई फरार प्रतिवादी बनाइएको छ । एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गर्न सिआइबीको सिफारिस छ ।
वैद्यसमेत संगठित भई आपराधिक समूहको स्थापना गरी समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उनलाई प्रतिवादी बनाएको हो । उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफूविरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् । Copy