धार्मिक द्वन्दले पुर्यायो गिद्धको आहारा

Loading

पिपुल्स न्युज : एउटा गिद्धको बच्चाले भन्यो – “बुवा आज मलाई मान्छेको मासु खान मनलागेको छ । गिद्धले भन्यो – “हुन्छ बाबू ! म बेलुका लिएर आउँछु । यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो । बच्चाले भन्यो – “यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु खान मन लागेको छ।” गिद्धले भन्यो – “पर्खि ! म बेलुकासम्ममा बन्दोबस्त गर्छु ।

फेरि यति भनेर ऊ उड्यो र बेलुकी मरेको गाईको मासु लिएर आयो । बच्चाले रिसाउँदै भन्यो – “यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।” गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो ।

केही समयपछि त्यहाँ मान्छेका लाशहरू छरपस्ट भेटिए र गिद्धका बाउछोरा मिलेर खुशी हुँदै टन्न मान्छेको मासु खाए । गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र आफ्नो बाउलाई सोध्यो – “यो सब चमत्कार तपाईंले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासुको व्यवस्था कसरी भयो ?” गिद्धले भन्यो -“छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थका लागि ‘धर्म’ र “जात” नामको भाइरस फैलाएका छन् ।

अनि यही धर्मको नाममा मान्छेहरु मर्न र मार्न सजिलैसँग तयार हुन्छन् भन्ने कुरा मलाई थाहा भएको हुँदा मैले आफ्नो बुद्धि लागाएर मान्छेहरुलाई मार्न र मर्न लगाएँ, अनि जताततै मान्छेको मासु नै मासु …. हाम्रो कुनै धर्म छैन अनि जात पनि छैन… त्यसैले तँ मज्जाले मासु खा !

गतिलो शिक्षा दियेको छ यो कथाले, धर्मको नाममा झगडा गर्नु हुदैन, समाजमा द्वन्द्व create गर्नु हुदैन, सबै स्वतन्त्र छ्न, अतिबादि नबनौ,

Leave a Comment