![]()
पिपुल्स न्युज : सप्तरी निर्वाचन क्षेत्र न.२ प्रतिनिधि सभाकाे चुनावमा दुई महा-गठबन्धन लाई ऐकलै चुनाैति दिईरहेका छन डा. सि. के. राउत । जय प्रकाश ठाकुर सत्ता गठबन्धनकाे तर्फ वाट स्थानीय मतकाे अनुसार उपेन्द्र यादब र डा.सि.के.राउत भन्दा बहुत मतले अगाडि देखिन्छन । ब्यबसायीक पृष्टभूमिका बाट राजनीतिमा प्रबेश गरेका, जय प्रकाश ठाकुर काे जितले सप्तरी निर्वाचन क्षेत्र न.2 काे लागि ऐतिहासिक हुनेछ ? किनकि प्रतिस्पर्धिहरु निर्बतमान उप-प्रधानमन्त्री मा.उपेन्द्र यादब र डा.सि.के.राउत आ-आफ्नाे पार्टिकाे सुप्रिमाे हुन, थप आन्दाेलनकाे पृष्टभूमिबाट जनतामा स्थापित भएकाे हाे ।


मधेस आन्दाेलन र डा.सि.के.राउतकाे आन्दाेलन फर्क-फर्क उधेश्यले भए पनि । दाेस्राे उम्मेदवारकाे वारे निर्वतमान उप-प्रधानमन्त्री माननीय उपेन्द्र यादबकाे जितले पनि यस निर्वाचन क्षेत्रकाे लागि ऐतिहासिकता कायम गर्ने छ ?किनकि राजबिराज नगरपालिका सम्मलित निर्वाचन क्षेत्र बाट लगातार दुई पटक कुनै पनि उम्मेदवारले जितेकाे छैन, के.पी.आेली सँग बनाएकाे गठबन्धनकाे बिरुद्ध रहेकाे बुझाई लाई समाप्त गरि , मधेसी समुदायले मधेसमा अनुमाेदन गर्ने छन । बहरिया र पहडिकाे विभेद अन्त भयाे भने बुझिने छ । डा.सि.के.राउत काे जितले झनै ऐतिहासिता कायम गर्ने छ । अल्पसख्यंक र सिमान्तकृत समुदाय र नेपालमा पृथ्यकतावादी आन्दाेलन चलाईएका आराेप लागेका डा. सि. के. राउत, नेपाली जनता यस प्रकारकाे आन्दाेलन अनुमाेदन गर्ने छन ।

अर्काे महत्वपूर्ण कुरा काठमाण्डौ मा बनाइएका गठबन्धनलाई जनताले सबै ठाउँमा स्वीकार गर्ने छैन भन्ने प्रमाणित हुने नै भयाे । स्थानीय निर्वाचनमा खसेकाे मतकाे अधारमा प्रदेश सभा र प्रतिनिधि सभामा जुन प्रकारले अंशबंडा गरियाे जनता त्यसलाई अस्वीकार गरेकाे ठहरिने छ । त्यसैले मधेस प्रदेशकाे सप्तरि क्षेत्र नम्बर 2 ( प्रतिनिधि सभा) समग्रमा ऐतिहासिक बन्न गएकाे छ । सबैकाे ध्यान यश ऐतिहासिक क्षेत्र तर्फ छन । यश क्षेत्रका जनता जनार्दनकाे हाथमा छन ।