![]()
पिपुल्स न्युज काठमाडौं । फुटपाथ व्यवस्थित गर्न डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् । उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’ भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।