![]()
पिपुल्स न्युज मधेस प्रदेश : समाज र सरकार वर्तमान अबस्थामा एक अस्लिल गतिबिधिलाई नै रक्षा गरि रहेको देखिन्छ जहाँ समाजले आफ्ना बालबालिकालाई छाडापन हुने गरि आसिर्बाद दिएका हुन्छन त्यसरी नै सरकारले समेत यस्ता गतिबिधिलाई रोक्नु को साटो आफै सहमति दिने गरेको देखिन्छ यस्तै घटना धर्मपुर चौकी ईन्चार्ज प्रहरी सई राजकिशोर साहले लवण्डा नाचमा नेपाल प्रहरीको पोशाक लगाएर खुल्याम अश्लील भोजपुरी गीतमा नाचेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । नेपाल प्रहरीको पोसाक लगाएर यसरी सार्वजनिक ठाउँमा अश्लील गितमा नाच्ने गर्ने नेपाल प्रहरी भित्रका अमर्यादितलाई तुरुन्त कारवाही गर्नुपर्छ भनि भनि केहि समाजमा भलो चाहने व्यक्तिद्वारा माग गरिएको छ ।
