यातायात मन्त्री रेनु यादवमाथि अहिले सम्म कै ठुलो बज्रपात

Loading

People’s News :  १५ वर्ष पहिले २८ जनाको ज्यान लिएको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सरकार र उनी आबद्ध दल जनता समाजवादी पार्टीले कुनै कारबाही गरेका छैनन् । यादवलाई पदमुक्त गरेर कानूनी कारबाही गर्नुपर्ने चौतर्फी आवाज उठेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रञ्जित कर्णले मन्त्री यादवलाई कानूनी कारबाहीको माग राखेर प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

कर्णसँग  सङ्क्षिप्त वार्ताः
बहालवाला मन्त्री विरुद्ध उजुरी किन दिनुभयो ? : संविधानसभाबाट २०७२ मा जारी संविधानलाई सबै राजनीतिक पार्टीले मानेका छन् । मन्त्री रेणु यादवले कानूनी शासनलाई उपहास गर्दै सार्वजनिक रूपमा हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ । त्यो गैरजिम्मेवार अभिव्यक्ति हो । कानूनी शासन भएको देशमा मन्त्री मात्रै होइन, सर्वसाधारणले समेत यस्तो अभिव्यक्ति दिन पाउँदैन। यो दण्डनीय अभिव्यक्ति हो। यस्तो अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनुपर्छ । त्यति मात्रै होइन, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समेत कारबाही गर्नुपर्छ। होइन भने गौर घटनाको दोषी उहाँहरू हो भन्ने प्रमाणित हुन्छ । विधिको शासन छ भन्ने अनुभूति होस् भनेर मैले जाहेरी दिएको हुँ। मलाई विश्वास छ, प्रहरीले अनुसन्धान गरेर कारबाही गर्छ । यहाँकै पार्टी सभापति प्रधानमन्त्री हुनुहुन्छ।

यत्रो विरोध हुँदा पनि उहाँले किन कारबाही नगर्नुभएको होला ?अहिले पाँच दलीय गठबन्धनको सरकार छ। प्रधानमन्त्रीलाई केही बाध्यता होला, तर जसपा अध्यक्ष यादवले आफ्नो पार्टीको छवि जोगाउन पनि उहाँलाई अविलम्ब मन्त्री पदबाट फिर्ता बोलाउनुपर्छ । मन्त्री यादवलाई बर्खास्त गरेर कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सादर अनुरोध गर्दछु । 

मन्त्रीज्यूले त विज्ञप्ति जारी गरेर हिंसा भड्काउने उद्देश्य थिएन, पूर्वाग्रह राखेर भ्रम फैलाइयो भन्नुभएको छ नि ? हिंसा मच्चाउँछु, आतङ्क फैलाउँछु भन्नलाई देशमा तालिबानी शासन छैन । जनताले शान्ति र विकास चाहेका छन्। त्यस कारणले विधि र कानून अनुसार मुलुक चल्नुपर्छ। हामीले धेरै हिंसा बेहोर्‍यौं। हिंसाले देशलाई क्षति मात्रै गर्छ। मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिनुभएको छ। उहाँमाथि राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न माग मेरो छ।

यहाँको उजुरी कसरी अगाडि बढ्ला ? : मैले जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी दिएको छु। जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी पठाएको हुँ। प्रहरीसँग समन्वय गरिरहेको छु । मलाई विश्वास छ, प्रहरीले उहाँलाई पक्राउ गरेर कारबाही गर्छ । savar

Leave a Comment