कोरोना संक्रमणपछि आइसोलेसन नबस्ने नागरिक कै कारणा समाजमा तिब्र गतिले फैलियो

Loading

People’s News : Kathmandu : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना देखिए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष ओलीको नाम नलिई कांग्रेस महामन्त्री शर्माले त्यसतर्फ संकेत गर्दै कोरोना संक्रमण पुष्टिपछि आइसोलेसन बस्नु हरेकको जिम्मेवारी हुने बताएका छन् ।संक्रमण पुष्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो,’ आज ट्वीट गर्दै महामन्त्री शर्माले भनेका छन् । शर्मा पनि हालै कोरोना संक्रमित भएका थिए । उनले आफू आइसोलेसनमा बसेर आजदेखि पुन: पार्टी संगठनको काममा फर्केको बताएका छन् । उनलाई दोस्रोपटक कोरोना देखिएको थियो । संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले भनेका छन् । 

Leave a Comment