![]()
Peoples news : नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।
नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए। उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने बताए। सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए।
उनले भने, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ।
उनले भने, ‘सुरु देखि नै हे¥यो भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन। जतिपनि सरकारी कर्मचारीहरुले के भनेका छन भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छ। किन भने उहाँहरुले तलब बसिबसि पाउनुभएको छ। व्यवसायीहरु बाहेक खोल्नुपर्छ भन्ने मान्छे उद्योपति बाहेक, व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जतिपनि राजनीतिज्ञ छन, जतिपनि नेता छन, जतिपनि कर्मचारी छन् सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं।’
उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको बताए। पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताए।
लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवस्यकता रहेको पनि उनले स्पस्ट पारे। विश्वलाई हेरेर व्यवसाय सूचारु गर्नुको विकल्प नरहेको उनको भनाई छ।