देशमा नेतृत्वदायी भूमिकाको अभावले निम्ताइएको कोरोना : रामबाबु सिंह/सिरहा

Loading

People’sNews/Rambabu Singh/Siraha : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकृतिको भाइरसका कारण विश्वव्यापी महामारी फैलिएको घोषणा गरेको छ महिनाभन्दा केही बढी समय भएको छ । ज्यानुअरी महिनाको अन्त्यको संसारभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १०,००० पुगेको थियो र २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । तीमध्ये कोही पनि बिरामीहरू चीन बाहिरका थिएनन् । त्यो बेलादेखि संसार र हाम्रो जिन्दगी नै पूर्ण रूपमा परिवर्तित हुन पुगेको छ । मानवजाति र कोरोनाभाइरसबीचको यो युद्धको पछिल्लो अवस्था कस्तो छ त ?

समग्र पृथ्वीलाई लिएर हेर्ने हो भने दृश्य सुन्दर देखिँदैन । एक करोड नब्बे लाखभन्दा बढी मानिसहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ र सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । महामारीको सुरुको चरणमा १००,००० सङ्क्रमण पुष्टि हुन हप्तौँ लाग्ने गर्थ्यो भने अहिले केही घण्टामा नै त्यति मानिसहरूमा सङ्क्रमण फेला पर्न थालेको छ । डब्ल्यूएचओकी डा. मारगरेट ह्यारिस भन्छिन्हा मी अझै पनि झन् बढ्दो क्रममा रहेको, गहन र गम्भीर, महामारीको मध्यमा नै छौँ । यो माहामारी संसारको प्रत्येक समुदायमा पुगेको छ । यसबाट कोई पनि अछुतो रहेनन । यो एउटा महामारी हो तर यसको कथा एउटै छैन । कोभिड १९ को प्रभाव संसारका विभिन्न स्थानमा फरक फरक परेको छ । यो भाइरसको साझा चरित्र छ जसले संसारको सबै ठाउँका मानिसहरूलाई असर गरेको छ । जति जति मानिसहरू एकआपसका नजिक आएर जमघट गर्छन् त्यति नै यो भाइरस फैलिन्छ ।

यो अवस्था अहिले पनि उही हो जुन बेला यो भाइरस चीनमा पहिलोपल्ट देखा परेको थियो । यो भाइरस अहिले ल्याटिन अमेरिका ठूलो मात्रामा फैलिरहेको छ र यसको सङ्क्रमणदर भारतमा पनि चर्किरहेको छ । जहाँ जहाँ यो भाइरसको विस्तारलाई रोक्न सकिएको छ त्यहाँ एकजना मानिसबाट अर्कोमा सर्ने यसको क्षमतामा रोक लगाएर मात्र त्यसो गर्न सम्भव भएको देखिएको छ । धेरैको ध्यान न्यूजील्याण्डमा केन्द्रित छ ः तिनीहरूले महामारीको सुरुआतको चरणमा नै आवश्यक सुरक्षात्मक कदम चाले जुन बेला देशमा थोरै मात्र सङ्क्रमितहरू रहेका थिए त्यती बेला नै लकडाउन गरियो देशको सीमा बन्द गरियो । त्यहाँ १०० दिनयता नयाँ सङ्क्रमित भेटिएका छैनन् । अर्को तिर मंगोलियमा अझै पनि थुप्रै मानिसहरू टेन्टमा बस्छन् ।आधारभूत कुराहरू नै पनि प्रभावकारी रूपमा लागु गर्दा सापेक्षित रूपमा गरिब देशहरूले पनि भाइरस विरुद्धको युद्धमा सफलता पाएका छन् । मंगोलियाको चीनसँग सबैभन्दा लामो सीमाना छ । उक्त देश सजिलै महामारीको नराम्रो चपेटामा पर्न सक्थ्यो । तर त्यहाँ जुलाइ महिनाको अन्त्यसम्ममा पनि आईसीयूमा उपचार गर्नु पर्ने गम्भीर समस्या परेको एकजना पनि कोरोनाभाइरस सङ्क्रमित थिएनन् । तिनीहरूले आफूसँग भएको सीमित स्रोत साधनको प्रयोग गरेर उच्चतम प्रतिफल हासिल गरेका लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपीकल मेडिसिनका प्राध्यापक डेबिड हेमन बताउँछन् । मंगोलियामा एकदमै छिटो विद्यालयहरू बन्द गरिए, अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइयो र तिनीहरूले नाकमुख ढाक्ने मास्क लगाउने र हात धुने व्यवहारलाई सुरुको चरणमा नै अपनाए ।

तर अर्को तर्फ राजनीतिक नेतृत्वदायी भूमिकाको अभाव ले अन्य देशहरूलाई नराम्रो अवस्थामा पुर्याएको प्राध्यापक हेमन तर्क गर्छन् । ती देशमा जनस्वास्थ्य मामिलाका अगुवाहरू र राजनीतिक नेताहरूबीच एकआपसमा सम्वाद गर्न समेत गाह्रो मानिएको अवस्था देखियो । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र देशका वरिष्ठ सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीबीच महामारीसम्बन्धी जरूरी विषयहरूमा सहमति नरहेको स्पष्टै छ । ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारुले कोरोनाभाइरसलाई सानोतिनो रूघा ज्वरोु भनेर लकडाउन विरुद्धका र्यालीहरूमा सहभागीता नै जनाएका थिए र यो महामारी मार्च महिनामा नै निमिट्यान्न हुने बताएका थिए । ब्रजिलमा २८ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित छन् भने एकलाखभन्दा बढीको कोभिड १९ का कारण ज्यान गैसकेको छ ।

विगतको सफलता र भविष्यको सङ्केत तर पीडादायी र समाजलाई नै सकसपूर्ण अवस्थामा पुर्याएर भएपनि भारइसको विस्तार रोक्न सफल केही देशहरूले यो अझै निर्मूल नभएको र स्थितिलाई खुकुलो पारे यो भाइरस फेरि फैलिन सक्ने अवस्थामा आफूलाई पाएका छन् । अस्ट्रेलिया, स्पेन, फ्रान्स, ग्रीस र जर्मनी यस्तो अवस्थामा देखिन्छन् । नाकमुख ढाक्ने मास्क लगाउने व्यवहारलाई संशयकासाथ हेरिने युरोप लगायतका स्थानमा अब यो सामान्यजस्तै हुन थालेको छ । भारतमा अहिले दैनिक सबैभन्दा धेरै सङ्क्रमित भइरहेका छ । सबैलाई नै चेतावनी हुने गरी टड्कारो रूपमा देखिएको एउटा तथ्य के हो भने भारइस विरूद्धमा हासिल विगतको सफलताले भविष्यमा पनि निरन्तरता पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । ह‍ङ्‌कङलाई भाइरसको पहिलो लहर सफलतापूर्वक सामना गरेको भनेर प्रशंसा गर्ने गरिन्थ्यो । तर अब त्यहाँ पनि सार्वजनिक मदिरालय र व्यायापशालाहरू फेरि बन्द गरिएका छन् । अब यस्को अन्त्य कहिले होला ?

कोभिड १९ विरुद्ध विभिन्न औषधिहरू प्रयोगमा ल्याएको छ । एकप्रकारको सस्तो मूल्यको स्टेरोइड औषधि डेक्सामेथासोनले खराब अवस्थामा पुगेका केही बिरामीलाई राम्रो गरेको देखिएको छ । तर त्यो कोभिड १९ का सबै विरामीलाई मर्नबाट जोगाउन अथवा हाल लागु प्रतिबन्धहरू हटाउने अवस्थाका लागि पर्याप्त छैन । आगामी दिनमा स्वीडेन देशलाई धेरैले नजिकबाट नियाल्नेछन् र त्यहाँ अपनाइएको भाइरस विरुद्धको रणनीतिले दीर्घकालीन रूपमा प्रतिफल देला की नदेला भनेर विचार गरिनेछ । त्यहाँ लकडाउन लागु गरिएन र वृद्ध हेरचार केन्द्रहरूमा रहेकाहरूलाई जोगाउन नसकेका कारण हालसम्म त्यहाँ अन्य छिमेकी मुलुकको दाँजोमा मृत्युदर चर्को देखिएको छ । जनजीवन पहिलेको जस्तै सामान्य अवस्थामा फर्काउने मानिसहरूको आशा कोरोनाभाइरस विरुद्धको प्रभावकारी खोप अर्थात भ्याक्सिन फेला पर्ने विश्वासमा अडेको छ ।