देश कोरोनाको अंकमालमा सरकार भ्रष्टाचारीको अंकमालमा : असोक यादव/विरगंज

Loading

People’sNews/Ashok Yadav/Birgunj : नेपालमा कोरोना माहामारीले चर्को रुप लि रहदा पनि सरकारले नकुनै ठोस कदम चाल्न सकेको छ न त कुनै नियन्त्रण गर्ने तरिका नै सरकारको गैर जिम्मेवार कदम ले जनता कोरोनाको चपेटामा पर्ने स्वाभाविक नै हो । कोरोना माहामारी फैलिरहदा पनि कोरोना को रोकथाप भन्दा पनि जनताद्धारा कर कसरी असुल्ने तथा तेश्रो मुलुकबाट सरसामान ल्याउदा भ्रष्छाचार कसरी गर्ने तिर मात्र सरकारको ध्यान केन्द्रित रहदा पनि देश कोरोनाको मारबाट बचन सकेन जसको फलस्वरुप आज देशै भर कोरोनाले आफनो अहिले सम्मकै दरो कदम टेकि सकेका छन । यसै क्रम्मा कोरोनाले तराईको जिल्लामा आफनो उपस्थिती बलियो बनाइ रहदा पनि केन्द्र सरकारको तराइ प्रति हेनर््े दृष्टिकोण फरक रहेको पनि देखिन्छ । किन तराईमा कोरोना भाइरस बढी रहेको छ भन्ने तिर पनि सरकारको ध्यान नजानु एक शंकास्पद बिचार हो कि पनि भान हुन जान्छ । निश्चित रूपमा तराईको जनता लापरबाही गरेको देखिन्छ । तर यस लापारवाहीपनमा सरकारको दायित्व पनि उतिकै हुन्छ । आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादवको भनाइ अनुसार देशमा कोरोना भाइरस दिन प्रतिदिन बढ्दै जानुमा पनि केन्द्र सरकारको लापरबाही हो जनात भन्दा बढी हुन आउछ । बिना तैयारी काठमाडौँ उपत्यकामा लकडाउन खुला गर्नु देशको र जनताको हितमा छैन । अहिले बिरगंजमा पुरा कडाईकासाथ लकडाउन गरिएको छ जनतालाई राहत दिने कुनै निकाय छैन । जनता भोकै मर्ने अवस्थामा छन । तर केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मात्र भ्रष्टाचारको माध्यम मात्र खाज्ने गरेको देखिन्छ । ओली‌‌ सरकार सता बचाउने खेलमा व्यस्त छन् । यस्तो सरकारले देश चल्दैन यसतो शासनले देश धरातलमा पुग्ने हुन्छ । हेर्दै जाने हो भने जनताको आम्दानी घट्दै गएको छ र जनप्रतिनिधिहरूको सुबिधा बढ्दै गएको छ ।