किरानाबाट सुरु भएको कोरोनाले कब्जा गर्यो कोटेश्वर । कसरी सुरुभयो कोटेश्वरमा कोरोना ?[कोरोना कथा कोटेश्वर]

Loading

किरानाबाट सुरु भएको कोरोनाले कब्जा गर्यो कोटेश्वर ।
कसरी सुरुभयो कोटेश्वरमा कोरोना ?[कोरोना कथा कोटेश्वर]

कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय राजधानीमा ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका-३२ अन्तर्गत पर्ने कोटेश्वरमा अत्यधिक कोरोनाभाइरस संक्रमित बढेपछि अहिले सो क्षेत्रलाई सिल गरिएको छ।
घटना साउन १८ गतेको हो । एउटा किराना पसलका सञ्चालक पसलेसहित चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा एकैपटक कोरोना देखिएको हो।
त्यस लगत्तै आइतबार मात्रै पनि १३ जनालाई कोरोनाले मुड्की हिर्कायो यद्यपि कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा बसेका छन् तर घरमा बसेकाहरुबाट सङ्क्रमण नफैलिएला भने भन्न सकिन्न

वडा नम्बर -३२ को पहलमा संकास्पद एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ, बाँकी १९जनाको रिपोर्ट आउन बाँकी नै छ । संक्रमित बढ्ने सम्भावना प्रचुर देखिन्छ। थप नफैलियोस् भनेर कोटेश्वरमा एउटा गल्ली पूर्ण रूपमा सिल गरेका छौं वडा अध्यक्षले बताए। अरू गल्लीमा पनि आवागमन नगर्न भनेका छौं।’

कोरोनाको सङ्क्रमण देखिएका अधिकांश मानिसहरु कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय दैनिक ज्यालादारी मजदुरी गर्छन्।

सुरूमा किराना पसल सञ्चालकबाट कोरोनाको सङ्क्रमण देखिएको थियो। उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा थप कोरोना संक्रमित भेटिएका हुन्,’ पसल सञ्चालकले भनिन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेको छ।