![]()
असोक यादव केन्द्रीय अध्यक्ष आम आदमी पार्टी नेपाल : हाल नेपालमा कोरोनाको कहर अति तित्र्र गतिमा बढनु हास्यपद कुरा हुन र यसबाट सरकारको जनता प्रति देखिएको अभद्र व्यवहार पनि हुन । प्रदेश दुईमा कोरोना संक्रमण तीव्र गतिमा बढनुमा केन्द्रीय सरकारको जती दोष छ त्यो भन्दा बढी दोषी प्रदेश सरकारको रहेछ जसलाई साधारण भाषामा लापरवाही पनि भन्न सकिन्छ । बीरगंजको छपकैयामा जुनबेला देखा परेको थियो त्यस बखत टाईममै कोरोना परिक्षण गरेको भए आज बीरगंजमा कोरोना वाइरसबाट जनता ग्रस्ति हुदैनथ्यो होला । यहाँ त केन्द्रमा बसी हरेकले पार्टी फोड्ने जोडने कस्ले कति भाग पाए कस्ले कती पाए मै व्यस्त भए । यसरी भाग र फोडने जोडनेको कारण जनता सबै जिम्मेवार व्यक्तिको लिष्टबाट हटे जस्को नतिजा नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढे । पार्टी फुटाउने र पार्टी जोडने खेलमा दुई नम्बर प्रदेशका नेताहरू थिए पनि उतिकै संलग्न देखियो । जनताको जिवन मधेशका नेताहरु कसैलाई त्यती प्यारो लागेन त्यो व्यवहारले प्रष्ट देखियो । २ नम्बर प्रदेश अहिले पनि सचेत भएन भने कोरोना रोकथाममा कुनै प्रयास सफल हुन सक्दैन र हुदैन पनि तर त्यस्तो समस्या आए जनता चुप लागेर बस्न सक्दैन जनता भोकमारी र माहामारीसंग लडदै छ तर अहिले पनि यहाँका सरकार पार्टी बिस्तारमा बढी केन्द्रित भएको देखिन्छ । यस माहामारीसंग लड्नुको सटो जसपाका ठुला नेताहरु अहिले काठमाडौंमा पार्टीको भागबण्डा मिलाउनेमा व्यस्त छन। मधेशी जनताहरू मात्र भागबण्डाको राजनीति हेर्न चाहदैन जनतालाई राहत र यस रोगबाट कसरी निकास पाईन्छ भने सोचमा छन । केन्द्रीय सरकार र स्थानिय सरकार अव पनि समयमै यस माहामारी तिर ध्यान नदिए आगामी दिनहरुमा जनता र देशमा यो रोगले माहामारीको रुप लिन सक्नेछ र भन्ने भान सरकारलाई पनि होस अन्यथा जनता भाकमरीकोबाटो लागेमा देशमा सरकार पलट पनि हुन सक्ने इतिहासले देखाई सकेको छ…………….////////