![]()
मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।
भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । भौगोलिक अवस्था नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी र मोरङमा बोल्ने गरिन्छ । यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ । 
संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी बिहारको मधुबनी, दरभंगा, सुपौल र सहरसा जिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली, मुम्बई र कोलकातामा पनि छन् ।
विकास : मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । यो त्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो । यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ । विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन । विद्यापतिले मैथिली वाहेक संस्कृत तथा अवहट्टमा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो ।
भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाई मातृभाषाको रूपमा प्रयोग गर्छन । नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ । यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ । मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।
उपयोग : लगभग ४ देखि ५ करोड मानिस मैथिलीका मातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।
साहित्य : मुख्य लेख: मैथिली साहित्य मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति (१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् । मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ । कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो । savar online