विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोना भाइरसबाट पुरै विश्वलाई खतरा

Loading

Peoples news Ktm : काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसँग पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। चीनबाट फैलिएको नयाँ कोरोना भाइरसलाई फैलिनबाट रोक्न विश्व मिलेर अघि बढ्नु पर्ने समेत स्वास्थ्य संगठनले बताएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डाक्टर माइक र्‍यानले कोरोनासँग प्रतिरोध गर्न चीनले गरिरहेका कामको प्रशंसा समेत गरे ।

र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली तयार हुँदै गरेको बताएका छन्। उनले उक्त टोलीले रोग कसरी सर्छ भन्नेबारे अनुसन्धान गर्ने बताए । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले संक्रमणको फैलावट र मानिसबाट मानिसमा सरेका विषय चिन्ताजनक भएको बताए। हाल कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या ७ हजार भन्दा बढी पुगेको छ भने १ सय ७० जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थय सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । कोरोना भाइरसको कुनै औषधी र खोप नभए पनि यसको उपचार पछि निको भएर मानिसहरु घर फर्किएका छन् । nagrik

Leave a Comment