![]()
peoples news ktm : जनकपुरमा शनिवार सुरु भएको कुस्तीमा संगीता धामीले ५५ केजी तौल समूहमा बाङ्ग्लादेशलाई हराउँदै स्वर्ण पदक जितेकी छन् । दक्षिण एशियास्तरमा भएका कुस्ती प्रतियोगिताहरूमा नेपालले स्वर्ण पदक जितेको यो नै पहिलो पटक हो । धामीको जितपछि नेपालको स्वर्ण पदक सङ्ख्या ४३ पुगेको छ । गौरिका सिंहले पौडीमा दिलाइन् अर्को स्वर्ण पदक शनिवार बिहान नेपाली धावक किरण सिंहले म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । सिंहले ४२ किलोमिटरको म्याराथन दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् ।

म्याराथनका रजत र काश्य पदक भारतीय धावकहरूले जिते।रशपाल सिंहले ४० सेकेन्ड पछाडि रहँदै रजत जिते भने शेर सिंह विजेताभन्दा ५० सेकेन्ड पछाडि रहेर काश्यमा सीमित भए । यो नेपालले यो सागमा जितेको ४२औँ स्वर्ण पदक हो।महिलातर्फ श्रीलङ्कालाई स्वर्ण, नेपाललाई रजत महिलातर्फ भने श्रीलङ्काकी हिरुनी विजारत्नेले दुई घन्टा ४१ मिनेट २४ सेकेन्डमा म्याराथन पूरा गर्दै स्वर्ण पदक जितिन् । उनले नेपाली धाविका पुष्पा भण्डारीले नौ मिनेटभन्दा बढी समयले पछाडि पारिन् । महिला म्याराथनमा काश्य भारतकी ज्योति गावतले जितिन् । BBC