राजा ज्ञानेन्द्रबाट देश फेरि द्धन्दमा जाने खतरा रहेको भन्दै चिन्ता व्यक्त

Loading

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट देश फेरि द्धन्दमा जाने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिबक्सेको छ । मौसुफबाट आज शुभ बिजयदशमी २०७६को उपलक्ष्यमा देशवासीको नाममा बक्सेको शुभकामना सन्देशमा यस्तो चिन्ता व्यक्त गरिबक्सेको हो । मौसुफबाट जारी वक्तब्यमा भनिएको छ ः राष्टियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित हुँदैन । यसरी चिन्ता मात्र लिइबक्सेन दलहरुलाई यसको समाधान पनि भनिबक्सेको छ मौसूफबाट भनिबक्सेको छ ः प्रतिकार, प्रतिवाद र दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने, र आफ्नै राष्टिय आर्दश बमोजिम

समझादारीका साथ अघि बढ्ने अटूट प्रयत्न हुनु पर्दछ । नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिखपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ । त्यसैगरि मौसुफबाट भनिबक्सेको छ ः राष्टका यावत विधि, विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी हाम्रो भलो हुँदैन । एकले अर्का माथि दोष थुपार्ने, जिम्मेवारी पन्छ्यौने र आआफ्नो कमिकमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन । हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केहि हुनु हुँदैन । भगवानको आर्शिवादले यो देश आफै उत्पीडन र आतंकको नभई , बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ ।

Leave a Comment