![]()
Peoples News : भारतमा दशैं भारतका विभिन्न प्रदेशहरूमा दशैं विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुना-कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने अन्य स्थानहरू हुन् :
पश्चिम बङ्गाल उत्तरी जिल्लाहरू जसमा दार्जिलिङ्ग, जलपाईगुडी हुन्।
भूटान देश।
म्यानमार।
भारतका उत्तर-पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागालैंड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि।
विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् ।
हिमाचल प्रदेशमा कुल्लू का दशहरा भनेर प्रसिद्ध छ। अन्य स्थानहरूकै जस्तो यहाँ पनि दश दिन अथवा एक सप्ताह पूर्व यस पर्वको तैयारी आरंभ हुन्छ। स्त्री-पुरुष सबै सुंदर वस्त्रहरू पहिरिएर तुरही, बिगुल, ढोल, नगाडा, बाँसुरी आदि-आदि जोसित जो बाजा छ, लिएर बाहिर निस्कन्छन्। पहाडका मानिसहरू आफ्नो ग्रामीण देवताको धूम धामसित जुलूस निकालेर पूजा गर्दछन्। देवताहरूको मूर्तिलाई आकर्षक पालकीमा सुंदर ढंगले सजाइन्छ। साथै उनीहरू आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन्। यस जुलूसमा प्रशिक्षित नर्तक-नटी नृत्य गर्दछन्। यस प्रकार जुलूस बनाएर नगरका मुख्य भागहरू हुँदै नगर परिक्रमा गर्दछन् र कुल्लू नगरमा देवता रघुनाथजीको वंदनासित दशैं (दशहरा) उत्सवको आरंभ गर्छन्। दशमीको दिन यस उत्सवको शोभा रोचक हुन्छ। पञ्जाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ। त्यसबेला यहाँ अतिथहरूको स्वागत पारंपरिक मिठाई र उपहारले गरिन्छ। यहाँ पनि रावण-दहनको आयोजन हुन्छ अनि मैदानहरूमा मेला लाग्छन् । बस्तरमा दशहराको मुख्य कारणलाई रामले रावणमाथि गरेको विजय नमानेर, मानिसहरू यसको कारण मां दन्तेश्वरीको आराधनालाई समर्पित एक पर्व मान्दछन्। दन्तेश्वरी माता बस्तर अंचलका निवासीहरूको आराध्य देवी हुन्, जसलाई दुर्गाको रूप मानिन्छ। यहाँ यो पर्व पूरै ७५ दिनसम्म चल्दछ। यहाँ दशहरा श्रावण मासको अमावाश्य देखि आश्विन मासको शुक्ल त्रयोदशीसम्म चल्छ। प्रथम दिन जसलाई काछिन गादि भन्दछन्, देवीसित समारोह आरंभको अनुमति लिइन्छ। देवीलाई एउटा गद्दीमा सजाइन्छ, जसलाई काछिन गादि भनिन्छ। यो समारोह लगभग १५ औं शताब्दीदेखि शुरु भएको बतान्छ। यस पछि जोगी-बिठाई कार्यक्रम, त्यसपछि भीतर रैनी (विजयादशमी) र बाहर रैनी (रथ-यात्रा) र अंतमा मुरिया दरबार उत्सव मनाइन्छ। यो आश्विन शुक्ल त्रयोदशीमा ओहाडी पर्वसित समापन हुन्छ । पश्चिम बङ्गालमा यो पर्व दुर्गा पूजाको रूपमा नै मनाइन्छ। यो बङ्गालीको सबैभन्दा महत्वपूर्ण पर्व हो। बङ्गालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ। यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ। देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तैयार गरिन्छ। यसका साथै अन्य देवी द्वेवताहरूको पनि मूर्तिहरू बनाइन्छ। पर्वको समयमा शहरका सानातिना स्टालहरू पनि मिठाईले भरिन्छन्। यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवं प्राण प्रतिष्ठा आदिको आयोजन गरिन्छ। त्यसपछि सप्तमी, अष्टमी एवं नवमीका दिन प्रातः र सायंकाल दुर्गाको पूजामा व्यतीत हुन्छन्। दशमीको दिन विशेष पूजाको आयोजन गरिन्छ। प्रसाद चढाइन्छ र प्रसाद वितरण गरिन्छ। पुरुष आपसमा आलिंगन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ।[४] स्त्रीहरूले देवीको शीरमा सिंदूर चढाउँछन् र देवीलाई आँशु झार्दै विदाई दिन्छन्। यसका साथै उनीहरू आपस्तमा पनि सिन्दूर लगाउँछन् र सिन्दूर खेल्छन्। यस दिन यहाँ नीलकंठ पक्षीको दर्शन शुभ मानिन्छ। [४] त्यसपछि देवी प्रतिमाहरूलाई ठूला-ठूला ट्रकहरूमा हालेर विसर्जनको निम्ति लगिन्छ। विसर्जनको यो यात्रा पनि साह्रै शोभनीय र दर्शनीय हुन्छ। [२]


तमिलनाडु, आंध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दिनसम्म चल्छ जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन दिन लक्ष्मी – धन र समृद्धिकी देवीको पूजन हुन्छ। दोस्रो तीन दिन सरस्वती- कला र विद्याकी देवीको अर्चना गरिन्छ र अंतिम दिन देवी दुर्गा-शक्तिकी देवीको स्तुति गरिन्छ। पूजन स्थललाई राम्ररी फूलहरूले र दीपकहरूले सजाइन्छ। मानिसहरू एक-अर्काप्रति मिठाईहरू र लुगाहरू आदान-प्रदान गर्दछन्। यहाँ दशहरा नानीहरूको निम्ति शिक्षा या कला सम्बन्धि नयाँ कार्य सिक्नकालागि शुभ समय मानिन्छ। कर्नाटकमा मैसूरको दशहरा विशेष उल्लेखनीय छ। मैसूरमा दशहराको समय पूरै शहरका गल्लीहरू रोशनीले सजाइन्छ र हात्तीहरूलाई सिंगारेर शहरभरि एक भव्य जुलूससित घुमाइन्छ। यस समय प्रसिद्ध मैसूर महललाई दीपमालिकाहरूले सजाइन्छ। यसका साथै मानिसहरू टार्च लाईट लिएर नाँच-गान गरी आनंद लिन्छन्। यी द्रविड प्रदेशहरूमा रावण-दहनको आयोजन गरिंदैन । गुजरातमा मिट्टी सुशोभित रङ्गीन घडा देवीको प्रतीक मानिन्छ र यसलाई कुमारी केटीहरूले सिरमा राखेर एउटा लोकप्रिय नृत्य गर्छन् जसलाई गरबा भनिन्छ। गरबा नृत्य यस पर्वको महत्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना-साना रङ्गाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन्। यस अवसरमा भक्ति, फिल्म तथा पारंपरिक लोक-संगीत सबै थोकको समायोजन हुन्छ। पूजा र आरतीपछि डांडिया रास रातभरि गरिन्छ। नवरात्रिमा सुन र गहना किन्नु शुभ मानिन्छ।महाराष्ट्रमा यस अवसरमा सिलंगणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ। सायंकालको समयमा सबैजना सुंदर-सुंदर नयाँ लुगा लगाएर गाँउको सीमा पार गरेर शमी वृक्षका पातको रूपमा ‘स्वर्ण'( सुन) लिएर आ-आफ्नो गाउँ फिर्छन्। फेरि त्यस स्वर्णलाई परस्परमा आदान-प्रदान गर्दछन्।


लंकापति रावणलाई दशानन पनि भनिन्छ।
महाराष्ट्रमा नवरात्रिका नौ दिन मां दुर्गालाई समर्पित गरिन्छ, जब कि दशौं दिन ज्ञानकी देवी सरस्वतीको वंदना गरिन्छ। यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाईको निम्ति आशीर्वाद माँग्न माता सरस्वतीका तांत्रिक चिह्नहरूको पूजा गर्छन्। कुनै पनि कुरालाई शुरु गर्न विशेष गरि विद्या शुरु गर्न यो दिन अति शुभ मानिन्छ। महाराष्ट्रका मानिसहरू यस दिनलाई विवाह, गृह-प्रवेश एवं नयाँ घर किन्ने शुभ मुहूर्त मान्दछन्। कश्मीरका अल्पसंख्यक हिन्दू नवरात्रिको पर्वलाई श्रद्धासित मनाउँछन्। परिवारका सबै वयस्क सदस्य नौ दिनसम्म खालि पानी खाएर उपवास बस्छन्। अत्यन्त पुरानू परम्परा अनुसार नौ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन्। यो मन्दिर एउटा तालको बीचमा बनिएको छ। बताइन्छ कि देवीले अपने भक्तहरूसित भनेकी थिइन्: जब कुनै अनर्थ हुने सम्भावना हुन्छ त्यसबेला सरोवर (ताल)को पानी कालो हुनेछ। भनिन्छ कि इंदिरा गांधीको हत्याको ठीक एक दिन पहिला र भारत-पाकिस्तान युद्धको पहिला यहाँको पानी साँच्चै कालो भएको भनी बताइएकोछ ।


विजय पर्व
दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ । हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय-प्रस्थान गर्दथे ।
रावणलाई मार्दै रामको चित्रण।
यस पर्वलाई भगवतीको ‘विजया’ नाममाथि पनि ‘विजयादशमी’ भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई ‘विजयादशमी’ भनिन्छ। यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ‘विजय’ नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो । यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दुर्योधन ने पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो। यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए। जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए। विजयादशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा शमीको पूजा यसै कारण भएको हो।


