घरधनीले भाडावालसँग मनलाग्दो शुल्क लिएको पाए कार्वाही हुने

Loading

Peoples News : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीले भाडावालासँग विद्युत्‌को शुल्क लिँदा व्यापार गरेको पाए आफूले हस्तक्षेप गर्ने बताएका छन् । आफूले प्राधिकरणको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तीन वर्षअघि लोडशेडिङ रहेका बेला घरधनीले जुन दरमा बिजुलीको शुल्क लिएका थिए त्यही आधारमा अहिले पनि लिइराखेको गुनासो आउने गरेको बताएका हुन् ।

“घरधनीले आफूले विद्युत्‌को महसुल जुन दरमा बुझाउने गरेको छ त्यही दरमै डेरामा बस्नेहरूसँग पनि लिनुपर्छ,” उनले भने, “तीन वर्षअघि लोडशेडिङ हुँदा घरधनीले प्रतियुनिट ४० रुपैयाँ लिने गरेको र त्यो अहिलेसम्म पनि कायम रहेको भन्ने गुनासा हामीकहाँ आएका छन् ।”

कुलमान घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी पद सम्हाल्नुअघि हिउँदमा दैनिक १४ घण्टासम्म लोडशेडिङ हुने गरेको थियो। पछि लोडशेडिङ हुन छाड्यो ।

कुलमान घिसिङः जसले पौने तीन करोड नेपालीको घरमा निर्वाध उज्यालो पुर्‍याए भान्सामा ग्यासको सट्टा बिजुली प्रयोग गर्दा हुने फाइदा गुनासो लोडशेडिङ हुने गरेको बेला खासगरी व्यापारिक प्रयोजनका लागि भाडामा लिइएका कोठा वा भवनमा घरधनीले मनपरी भाडा लिने गरेको गुनासो सुनिन्थ्यो । BBC

Leave a Comment