![]()
Peoples News मलेशियाका महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छन् । ट्विटरमा एउटा सन्देश लेख्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दु:खी भएको जनाएकी छन् । सामाजिक सञ्जालमा अपमानजनक सन्देश प्रेषित गरेको आरोपमा शुक्रवार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
मलेशिया जहाँ राजा पनि निर्वाचित हुन्छन् मलेशियाका राजाद्वारा राजगद्दी त्याग्ने घोषणा
अहिलेकी महारानीको पूरा नाम टुङ्कु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो। उनी वर्तमान महाराजाकी पत्नी हुन् । मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ। देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन् ।
महारानीले के भनेकी थिइन् ?
शृङ्खलाबद्ध ट्वीट गर्दै उनले व्यक्तिगत कारणले आफूले ट्विटर छोड्न लागेको लेखेकी थिइन् । “प्रहरीले ती मानिसलाई नियन्त्रणमा लिएकाले म साँच्चै दु:खी छु। यत्रो वर्ष म र मेरा पतिले कहिल्यै पनि हामीबारे नराम्रो कुरा गरिँदा पनि प्रहरीमा उजुरी गरेनौँ,” उनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ।
मलेशियाका राजा र रानी
“यो स्वतन्त्र राष्ट्र हो,” उनले भनिन् । उनका अनुसार आलोचकहरूलाई पक्राउ गरिएको थाहा पाएपछि उनी दु:खित र आक्रोशित भइन् र पुन: ट्विटर चलाउन थालेकी हुन् । “म आफैँले दरबारलाई प्रहरीलाई कुनै कारबाही नगर्न सूचित गर्न भनेँ। म फेरि पनि भन्छु – मैले उनीहरूका कारण मेरो खाता बन्द गरेकी थिइनँ ।” फेसबुकमा ‘अपमानजनक टिप्पणी’ गर्ने ब्रिटिश महिला दुबईमा पक्राउ सामाजिक सञ्जाल चाहन्छ तपाईँ कम इन्टरनेट चलाउनुहोस् “मेरा पति र मैले कहिल्यै पनि प्रहरीमा उजुरी गरेका छैनौँ, अनि म कहिल्यै पनि (मबारे लेखिएका प्रतिक्रिया पढेर) दु:खी भएकी छैन। बरु म हाँसेकी छु किन भने अल्लाहलाई म को हुँ भन्ने थाहा छ ।”
आलोचकलाई के गरियो ?
शुक्रवार राति पार्टी सोसियालिस मलेशिया नामक दलका एक सदस्यलाई महारानीबारे अपमानजनक सन्देशहरू लेखेको आरोपमा समातिएको थियो । उनको नाम खालिद इस्माथ भएको बताइएको छ ।
उनलाई जुन कानुनका आधारमा पक्राउ गरिएको थियो त्यसको प्रतिपक्षी दल र मानवाधिकारवादी समूहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । शनिवार धरौटीमा रिहा हुनुअघि इस्माथलाई प्रहरी चौकीमा एक रात राखियो । मानवाधिकारकर्मी तथा राजनीतिकर्मीहरूले प्रहरीले अनावश्यक हस्तक्षेप र दुर्व्यहार गरेको बताएका छन् । इस्माथले आफूले महारानीको अपमान नगरेको दाबी गरेका छन् ।
रानीले पहिला किन ट्विटर छोडेकी थिइन्?
ट्विटरमा पुन: आउनुअघि रानीले आफूले व्यक्तिगत कारणले ट्विटर खाता बन्द गरेको सन्देश इन्स्टाग्राममा लेखेकी थिइन् । उनले मानिसहरूलाई सामाजिक सञ्जालमा लेख्दैमा प्रहरीमा उजुरी नगर्न आग्रह गरिन् । उनको इन्स्टाग्राम पोस्टलाई उनकी छोरीले ट्विटरमा प्रेषित गरेकी थिइन् । गत अगस्ट ३१ मा आयोजित मलेशियाको स्वतन्त्रता दिवसका अवसरमा धेरै तस्बिर खिचेको भन्दै सामाजिक सञ्जालमा महारानीको आलोचना भएको थियो । मलेशिया स्टार पत्रिकाका अनुसार केहीले उनले “बच्चाको जस्तो व्यवहार गरेको” टिप्पणी गरेका थिए । तर उनले राजाले आफूलाई तस्बिर खिच्न भनेको प्रतिक्रिया दिएकी थिइन् । BBC