टुक्राटुक्रा पारेर इनारमा पुरिएका ४४ वटा शवको पहिचान

Loading

Peoples News : मेक्सिकोका विधिविज्ञानविज्ञहरूले खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा शवको पहिचान भएको बताएका छन् । ग्वादलहार नगरबाहिर ११९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो । स्थानीय बासिन्दाले सो स्थानबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो । खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन्। यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए । मेक्सिकोका खुङ्खार लागुऔषध तस्करीका नाइकेको यस्तो छ कहानी कोकेनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु महिलाको पेटमा कोकिनका ‘१०६ क्याप्सुल’ अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो । शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो। धेरै शवको अझै पहिचान हुन बाँकी छ । बेपत्ता मानिसहरूको खोजी गर्ने एउटा संस्थाले विशेषज्ञहरूको सहयोग लिएर शव पहिचान गर्न सरकारलाई आग्रह गरेको छ । स्थानीय विधिविज्ञान विभागमा कामको ठूलो चाप रहेको र त्यहाँका कर्मचारीसँग आवश्यक सीप नभएको उसको भनाइ छ । BBC

Leave a Comment